prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हैसियत भन्दा बढी सिट माग्दा बाँडफाँड टुंगिन ढिलाई: कांग्रेस नेता गिरी
हैसियत भन्दा बढी सिट माग्दा बाँडफाँड टुंगिन ढिलाई: कांग्रेस नेता गिरी
banijya office RSG-2
एकजुट भएर निर्वाचनमा होमिन निर्देशन
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २४, २०७९ बागेश्वरी पोस्ट
हैसियत भन्दा बढी सिट माग्दा बाँडफाँड टुंगिन ढिलाई: कांग्रेस नेता गिरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो हैसियत भन्दा बढी सिट खोज्दा सिट बाँडफाँडमा सहमति जुट्न नसकेको बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको १०९औं वीपी जयन्ती तथा 'जनताको साथमा कांग्रेस' अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस जिम्मेवार दल भएकाले सिट बाँडफाँड कार्यदलमा जिम्मेवार ढंगले प्रस्तुत भइरहेको बताए । उनले नेकपा एकीकृत समाजवादीले बढी सिट दाबी गरेको बताउँदै वस्तुगत यथार्थ बुझेर सिट दाबी गर्नुपर्नेमा जोड दिए ।

बाँकेमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका पूर्व मन्त्री समेत रहेका गिरीले केन्द्रीय कार्यसमितिले गठबन्धन गर्ने निर्णय गरिसकेकाले अब त्यसलाई पालना गर्नुको विकल्प नरहेको बताए । स्थानीय चुनावको नतिजा अनुसार बाँकेमा कांग्रेस सबै क्षेत्रमा अगाडि भएपनि केन्द्रमा हुने सिट बाँडफाँडलाई स्विकार्नुपर्ने बाध्यता रहेको बताए । उनले एक ढिक्का भएर चुनावमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

गिरीले वीपी कोइराला एक अद्भुत ब्यक्तित्व भएको बताए । उनले वीपी नेपाली राजनीतिका आदर्श ब्यक्तित्व भएको भन्दै उनको पदचाप पछ्याउन सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कसैले कसैलाई नस्विकार्ने प्रवृत्ति बढेको भन्दै पार्टीभित्र अन्तरघातको गलत संस्कार झांगिदै गएको बताए । उनले स्थानीय चुनावमा वडाहरुमा कांग्रेसले नै कांग्रेसलाई हराएको तीतो सत्य रहेको भन्दै जिल्लामा पार्टीभित्र मजबुत एकता नहुँदा बाहिरका केन्द्रीय नेताहरुको नाम सिफारिस भएको टिप्पणी गरे । 

नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताए । उनले गठबन्धन गर्ने पार्टीको निर्णय पालना गर्नुको विकल्प नभएपनि सिट बाँडफाँड सम्मानजनक ढंगले गरिनुपर्ने बताए । गौडेलले न्यायोचित सिट बाँडफाँड नभए परिणाम उल्टो आउन सक्ने भन्दै नेतृत्वलाई सजग समेत बनाए । उनले आफू संगठन बनाउन आएको भन्दै नेपाली कांग्रेस बाँके संगठन निर्माण र सुदृढीकरणमा अहोरात्र खट्ने बताए ।

संविधानसभा सदस्य बादशाह कुर्मीले पाँच दलीय गठबन्धनमा  सिट बाँडफाँड गर्दा बाँकेमा कांग्रेसले सम्मानजनक स्थान पाउनुपर्ने बताए । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय स्विकार्नुको विकल्प पनि नभएको बताए । 

लुम्बिनी प्रदेशसभाका सांसद एवम् कांग्रेस नेता शंकर गिरीले वीपी कोइरालाले संकटका बेला पार्टीको नेतृत्व गरेर कांग्रेस हुर्काएको चर्चा गर्दै वीपीमा सबैलाई समेटेर अघि बढ्ने क्षमता रहेको स्मरण गराए । उनले हरेक कांग्रेस कार्यकर्ताले वीपी र वीपी विचारलाई चिन्न र बुझ्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य एवम् बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, महासमिति सदस्य चिन्तामणि धिताल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए । 

कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रम सभापति गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

फोटोफिचर



 

 

No description available.May be an image of 2 people, people sitting and people standingMay be an image of 5 people, people sitting and people standing


प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP