prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मेरो काम देखेर विकास विरोधी अत्तालिएः मन्त्री राई
मेरो काम देखेर विकास विरोधी अत्तालिएः मन्त्री राई
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २९, २०७९ बागेश्वरी पोस्ट
मेरो काम देखेर विकास विरोधी अत्तालिएः मन्त्री राई

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज-गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताएका छन् । आज नन्दनी मिल नजिकै नेपालगञ्ज गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको जानकारी दिए ।

यो सडकखण्डको भूगोलमा जोडिएका बाँके बर्दियाका जनप्रतिनिधिहरूको दबाब र घच्घच्याईले यो आयोजना ल्याउन सफलता मिलेको मन्त्री राईको भनाई थियो । उनले यो कामको श्रेय पनि आफूले उनै जनप्रतिनिधिहरूलाई दिन चाहेको पनि बताए । ‘यसको श्रेय मलाई दिनुपर्दैन । संजय गौतम जी, डम्बर जी, प्रशान्त जी, बढैयातालका प्रमुख सबैले चासो राखेर नै यो काम हुन सकेको हो’, मन्त्री राईले भने, 'आयोजनालाई द्रुत गति दिन दिनरात नभनी मिहेनत गर्ने भौतिक मन्त्रालयका सचिव, महानिर्देशक, हुलाकी सडक आयोजना प्रमुख, सडक डिभिजनका प्रमुख ज्यूहरूलाई पनि धन्यवाद।’

भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकास विरोधीहरू अत्तालिएको मन्त्री राईको भनाई थियो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले बाँकेमा अर्को एक आयोजना ल्याउन लागेको उद्घोष पनि गरे । आफ्ना कामको विरोध गर्नेहरूलाई लक्षित गर्दै मन्त्री राईले व्यङ्ग्यातमक रूपमा भने, ‘नेपालगञ्जलाई निर्वाचन क्षेत्र नम्बर १ हुँदै दाङसम्म जोड्ने स्तरीय बाटो पनि चाँडै बन्नेछ । तर तपाईंहरू चिन्ता नगर्नुस्, त्यस बेलासम्म निर्वाचन आचारसंहिता लागिसक्नेछ । सिलान्यास गर्न नमिल्ला । तपाईंहरूले प्रेसरको औषधि खानु पर्दैन, मुटु फुट्दैन।’

मन्त्री राई खास गरी पूर्वमेयर धवल शमशेर राणा र उनका समर्थकहरूप्रति आक्रामक देखिएका थिए । आफूले गरेको कामलाई उनीहरूले गलतरूपमा अर्थ्याएर भ्रम सृजना गर्न खोजेको मन्त्री राईको भनाई थियो ।  ‘शिलान्यास हुन्छ काम हुँदैन रे ? म सहरी विकास मन्त्री हुँदा शिलान्यास भएको भेरी अस्पतालमा नयाँ भवन बनेन र ? नेपालगन्जसभा हल बनेन र ? नेपालगञ्जमा ३९ र कोहलपुरमा १३ हाइमास्ट लाइट शिलान्यास गर्‍यौं ।  वाटरपार्क र चिल्ड्रेन पार्क शिलान्यास गरेको, काम भएन र ? न्यूरोडबाट २२ वटा रोड शिलान्यास गर्दा त्यो बाटो बनेन र ? कारकाँदो बाइपास रोड, बीटीएस रोड सम्पन्न भएन र ? सुरक्षित आवासका लागि ३ हजार परिवारले अनुदान पाएनन् र ?’,  मन्त्री राईले पूर्व मेयर राणाप्रति ब्यङ्ग्य गर्दै भने, ‘लक्ष्य चाहिँ केन्द्रको राख्ने र सोच चाहिँ सानो स्तरको राख्ने ?’

राणाले विकासका अनेकन काममा बाधा पुर्‍याएको आरोप लगाउँदै मन्त्री राईले शिलान्यास मात्र हुन्छ भन्नेलाई कामले जवाफ दिने बताए ।  ‘शिलान्यास गरिएका सबै काम पूरा हुन्छन् । स्रोत र बजेटको कुरा समय आयो भने प्रमाण पनि देखाउँला’, मन्त्री राईले पूर्व मेयर राणाप्रति आक्रामक हुँदै भने, ‘विगतमा बागेश्वरी मन्दिर बनाउन दिनुभएन । फुलबारी मस्जिद बनाउन दिनुभएन । कोरोनाकालमा अक्सिजन नपाएर तड्पिरहेकाहरूका लागि भनेर छुट्टयाएको डेढ करोड रकम फ्रिज गराइदिनुभयो । तपाईंको मानसिकता विकास गर्न नदिने हो र तपाईंको पछुवाहरूको मानसिकता पनि त्यही हो’।

आफू मन्त्री नभएको भए यी आयोजनाहरू नआउने पनि राईको दाबी थियो । खजुरा र गुलरियामा लामो समयदेखि काम अलपत्र पारेका ठेकेदारहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न र आवश्यक परे ठेक्का समेत तोड्न भौतिक मन्त्रालयका सचिव र महानिर्देशकलाई निर्देशन पनि दिएका थिए । शिलान्यास कार्यक्रममा बर्दियाका सांसद एवम् पूर्व मन्त्री संजय गौतम लगायत बाँके बर्दियाका जनप्रतिनिधिहरूको उपस्थिति थियो । गौतमले यो सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गर्न आफूले निकै मेहनत गरेको बताए । 

यसैबीच मन्त्री राईले आजै नेपालगञ्ज राँझा सडकखण्डमा बन्ने ट्राफिक सिग्नल लाइट जडान कार्यको शिलान्यास पनि गरेका छन् । यी ट्राफिक सिग्नल लाइटहरू गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा जडान गरिँदैछ ।


प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP