prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक
गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ११, २०७९ बागेश्वरी पोस्ट
गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक

नेपालगञ्ज । पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।

कार्यदलका सदस्य समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय चाहिने भएकाले गठबन्धनबीच मंगलबारसम्ममा सहमति जुटाउने गरी पहल भइरहेको छ,’ उनले भने, ‘अहिले प्रदेशसभाका ३ सय ३० क्षेत्रमा सहमतिनजिक पुगिरहेका छौं ।'

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४/८५ सिटमा झर्ने संकेत दिएका छन् ।

कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्य समेत जारी छ । तीन दल बीचमा सिट बाँडफाँटका लागि करिब सहमति जुटिसकेको माओवादीका एक नेताले बताए । ‘एकीकृत समाजवादी र जसपाले अलि बढी दाबी गरेकाले केही समस्या भएको छ,’ ती नेताले भने, ‘प्रदेशसभाको सिटमा छलफल गर्दै जाँदा त्यसमा पनि सहमति बन्छ । त्यो भएन भने यो पनि हुन्न भन्ने किसिमले अड्किएका छन् । संघ र प्रदेश दुवैतर्फ सबै सिटमा समझदारी बनेपछि एकैचोटि सार्वजनिक गर्छौं ।’

माओवादी र एकीकृत समाजवादीबीच धेरै निर्वाचन क्षेत्रमा दाबी देखिएका छन् । माओवादीले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित छ । तीमध्ये दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा सहमति बनिसकेको छ । अन्यमा दोहोरो र तेहरो दाबी रहे पनि शीर्ष तहमा करिब समझदारी बनेको छ । गठबन्धनमा सामेल कांग्रेसका एक नेताका अनुसार दुई–चार सिटमा कुरा नमिले पनि कांग्रेसले पाउने क्षेत्र करिब तय भइसकेको छ । संख्यामा माओवादी, नेकपा (एस) र जसपाबीच समेत करिब सहमति छ तर निर्वाचन क्षेत्रमा २५/३० स्थानमा विवाद कायम छ । मधेस प्रदेशका केही सिटमा कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ । संख्या बाँडफाँटमा भने करिब सहमति नै छ । मधेस प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र एकीकृत समाजवादीले २ सिट लिने गरी शीर्ष नेताहरूबीच सहमति बनेको छ ।

नेकपा (एस) र जसपाले १५ देखि १७ सिटसम्म पाउने भएका छन् । जसपाले मधेस प्रदेशमा १३ का अतिरिक्त सुनसरी–१ र बाँके–२ गरी १५ निर्वाचन क्षेत्र पाउने करिब निश्चित भइसकेको छ । मोरङ–५ र धनकुटामा पनि जसपाले अडान छाडेको छैन । सोलखुम्बु, लमजुङ, कैलाली २, ३, दोलखा, स्याङ्जा र मुगुमा पनि दोहोरो–तेहरो दाबी छ ।

२०७४ मा माओवादीले जितेको झापा–१ यस पटक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाउने भएका छन् । कांग्रेसलाई उक्त सिट छाड्दा झापाकै निर्वाचन क्षेत्र ३ र ४ मध्ये एक माओवादीलाई दिने तय भएको छ । मोरङ ४ र ५ मा पनि विवाद सुल्झेको छैन । मोरङ–४ मा कांग्रेस र माओवादीको, ५ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ । २०७४ को निर्वाचनमा मोरङ–४ र ५ माओवादीले जितेका आधारमा दुवै आफूहरूले पाउनुपर्ने अडान छ । यसमा चर्को विवाद देखिएको छ ।

मोरङ–४ मा महेश आचार्य, अमृत अर्याल, गुरु घिमिरेलगायत कांग्रेस नेता आकांक्षी छन् । उनीहरूको व्यवस्थापन गर्न मोरङ–४ कांग्रेस र ५ माओवादीले लिने गरी देउवा र दाहालबीच समझदारी बनिसकेको स्रोतले बतायो । जसपा र कांग्रेसबीच धनकुटा र सुनसरीको विवाद करिब हल भए पनि मधेस प्रदेशका धनुषा–३, महोत्तरी–४, सर्लाही–१ र बारा–३ मा विवाद छ । पर्सा–१ कांग्रेसले लिने भनिए पनि कुन निर्वाचन क्षेत्र भन्ने तय भएको छैन । माओवादी र जसपाबीच पनि धनुषा–१, महोत्तरी–१ र रौतहट–१ मा दोहोरो दाबी छ । माओवादी र एकीकृत समाजवादीबीच खोटाङ, उदयपुर, धादिङ–१, काठमाडौं–२, ललितपुर–३, मकवानपुर–२ र सल्यानमा दोहोरो दाबी छ । भक्तपुर–१ मा कसैको दाबी थिएन । समझदारी बनाउँदा उक्त निर्वाचन क्षेत्र कांग्रेसकै भागमा परेको छ ।

तनहुँमा पनि एक निर्वाचन क्षेत्र आफूहरूले पाउनुपर्ने माओवादीको दाबी छ । तनहुँ–१ कांग्रेस नेता रामचन्द्र पौडेलका लागि छाड्दा क्षेत्र २ आफूहरूले पाउनुपर्ने माओवादीले अडान लिइरहेको छ । डोटीमा कांग्रेस र एकीकृत समाजवादीबीचको विवाद सल्टिएको छैन । देउवाले पूर्वमन्त्रीसमेत रहेका नेता वीरबहादुर बलायरका लागि उक्त निर्वाचन क्षेत्र खोजेका छन् । एकीकृत समाजवादीले पनि पूर्वमन्त्री प्रेम आलेका लागि डोटी दिनुपर्ने अडान राख्दै आएको छ । बलायर र आलेको व्यवस्थापन दुवै पार्टीका लागि समस्या बनिरहेको नेताहरू बताउँछन् । ‘धेरै विवाद देखिएका क्षेत्र अब निकै कम छन्, छलफल धेरै भइसकेको छ, शीर्ष नेताहरूले पनि मानसिकता बनाइसक्नुभएको छ, एक घण्टा बस्नासाथ सहमति बन्छ,’ कार्यदलका एक सदस्यले भने ।

माओवादीले यसअघि चुनाव जिते पनि कतिपय क्षेत्रमा साटफेरको प्रस्तावसमेत कांग्रेस सभापति देउवाले राखेका छन् । गोरखामा सुरेन्द्र पाण्डेका लागि क्षेत्र १ कांग्रेसले मागेको छ । गोरखा–१ बाट बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने माओवादीको अडान छ । त्यस्तै नुवाकोट–१ देउवाले प्रवक्ता प्रकाशशरण महतका लागि खोजेका छन् । यसअघि जितेकाले माओवादी उक्त क्षेत्र छाड्न तयार भएको छैन ।

राष्ट्रिय जनमोर्चालाई बागलुङ–१ र प्यूठानमा दुई सिट दिने तय भएको छ । २०७४ मा प्यूठानबाट जनमोर्चाकी नेत्री दुर्गा पौडेल निर्वाचित भएकी थिइन् । यस पटक अध्यक्ष चित्रबहादुर केसीले समेत निर्वाचन लड्ने इच्छा प्रकट गरेकाले प्रधानमन्त्री देउवाले बागलुङ–१ उनका लागि छाड्ने निर्णय लिएका हुन् । बागलुङका दुवै क्षेत्र संघमा कांग्रेसले उम्मेदवारी नपाउने भएको छ ।

समझदारी भएका क्षेत्र

कांग्रेस

पाँचथर, इलाम–२, झापा–१, २, ३, संखुवासभा, मोरङ १, २, ३, ६, सुनसरी २, ३, र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ४, सिरहा १, सिरहा २ र ३ मध्ये १, धनुषाका ४ मध्ये २, महोत्तरी २, सर्लाही ४, रौतहट ४, बारा १, सिन्धुली १, रसुवा, धादिङ २, काठमाडौं १, ३, ४, ५, ६, भक्तपुर–२, ललितपुर–१, २, काभ्रे २, सिन्धुपालञ्चोक २, मकवानपुर १, चितवन २, मनाङ, कास्की ३, स्याङ्जा १, तनहुँ–१, नवलपुर १, २, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, दाङ–३, अर्घाखाँची, रूपेन्देही ३, कपिलवस्तु २, बर्दिया १, नवलपुर १ र २, सुर्खेत १ र २, बाजुरा, अछाम–२, कैलाली–४ र ५, दार्चुला, डडेलधुरा, कञ्चनपुर २ र ३, काभ्रे, २, सिन्धुपालञ्चोक–२, गोरखा–२, बाँके ३, बर्दिया–१ नवलपरासी (बर्दघाट सुस्ता–१), नवलपरासी (बर्दघाट सुस्ता) २, मुगु र जुम्लामध्ये एक, हुम्ला, दैलेख १ र २ मध्येबाट एक, सर्लाहीका चारमध्ये दुई, पर्साको ४ मध्ये १, धनकुटा कांग्रेसले पाउने करिब सहमति छ ।

माओवादी

झापा ४, ५, भोजपुर, सर्लाही ३, सिन्धुली २, नुवाकोट २, चितवन ३, कालीकोट, रुकुम पूर्व, दाङ–२, रुकुम पश्चिम, बागलुङ–२, कञ्चनपुर १, काभ्रे १, सिन्धुपालञ्चोक–१, गोरखा–१, बाँके १, बर्दिया–२, सिरहा–३ र ४ मध्ये १, महोत्तरी–१, रौतहट–३, मोरङ, ४ र ५ मध्ये १, जाजरकोट, हुम्ला र दैलेख १, २ मध्ये १, मुगु र जुम्लामध्ये १, बाँके १ र ३ मध्यबाट १ ।

नेकपा एस

ताप्लेजुङ, इलाम–१, रौतहट १, काठमाडौं ८, कास्की २, गुल्मी २, रूपन्देही २, डोल्पा, बारा–१, पाल्पा–२, दाङ–१,

जसपा

सप्तरी २, ३, महोत्तरी ३, बारा २, काठमाडौं ७, कपिलवस्तु ३, बाँके २, सिरहा ३ र ४ मध्ये १, धनुषा ४ बाट १, सर्लाही ४ क्षेत्रमा २, पर्साका ४ क्षेत्रमध्ये ३ वटा, सुनसरी–१

-कान्तिपुर दैनिक


प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP