नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपा गठबन्धनबाट बाहिरिने संकेत, अरु दलको साथ खोज्दै जसपा
जसपा गठबन्धनबाट बाहिरिने संकेत, अरु दलको साथ खोज्दै जसपा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १५, २०७९ बागेश्वरी पोस्ट
जसपा गठबन्धनबाट बाहिरिने संकेत, अरु दलको साथ खोज्दै जसपा

नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले  गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । सिट बाँडफाँटमा सन्तोषजनक अवस्था नदेखेपछि गठबन्धनबाट बाहिरिने संकेत जसपाले गरेको जनाइएको छ ।

आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले आगामी निर्वाचनमा सत्ता गठबन्धन बाहेकका दलसँग समेत तालमेलका लागि विकल्प खुला राख्ने निर्णय गरेको छ ।

‘‘संघीय संसद र प्रदेससभा सदस्यको निर्वाचनमा सिटको तालमेलका लागि भइरहेको सिट बाँडफाँटसम्बन्धि छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ,’ बैठकपछि जसपा प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्य दलसँग पनि तालमेल नभएको अवस्थामा निर्वाचनमा एक्लै भाग लिने निर्णय गरेको सुमनले बताएका छन् । प्रवक्ता सुमनले सत्ता गठबन्धनभित्रै सिटको बाँडफाँटमा सहमति जुटाउने आफूहरूको पहिलो प्राथमिकता रहेको  भने ।

‘गठबन्धनभित्रै सिटको बाँडफाँट टुंग्याउने हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘सहमति जुट्न नसकेको खण्डमा अन्य दलसँग तालमेलका लागि प्रयास हुन्छ । त्यो पनि सम्भव नभए चुनावमा एक्लै जानेछौं ।’

सत्ता गठबन्धनभित्र मधेस प्रदेशको सिट बाँडफाँटका लागि रस्साकस्सी चलिरहेको छ । मधेस प्रदेसका कतिपय जिल्लामा एउटै सिटका लागि गठबन्धनका घटक दलहरूको दोहोरो तेहरो दाबी परेको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ कांग्रेसले नछाड्ने अडान राखेको छ भने त्यसमा जसपाको पनि दाबी छ ।

त्यस्तै धनुषाको क्षेत्र नम्बर २ मै नेकपा (एकीकृत समाजवादी) ले पनि दाबी गरिरहेको छ ।धनुषाजस्तै मधेस प्रदेसका अरू जिल्लाहरूमा पनि एउटै सिटमा सत्ता घटकका एकभन्दा बढी दलको दाबी छ ।


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP