prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उपेन्द्रको ‘यू–टर्न’ कि सिटको ‘बार्गेनिङ’?
उपेन्द्रको ‘यू–टर्न’ कि सिटको ‘बार्गेनिङ’?
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असोज १७, २०७९ बागेश्वरी पोस्ट
उपेन्द्रको ‘यू–टर्न’ कि सिटको ‘बार्गेनिङ’?
फाइल फोटो

नेपालगन्ज  ।  गठबन्धनबाट बाहिरिने सकेंत गर्दै जनता समाजवादी पार्टी (जसपा) ले आगामी निर्वाचनमा अन्य दलहरूसँग तालमेलका लागि विकल्प खुला राख्ने निर्णय गरेको छ ।

nepalgunj 081-082

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि रस्साकस्सी चलिरहेको बेला शनिबार बसेको जसपा कार्यकारिणी समितिले यस्तो निर्णय गरेको हो ।

गठबन्धनमा सिट बाँडफाँटका लागि भइरहेको कसरत र आफूले पाउने भागप्रति जसपाको चरम असन्तुष्टि छ ।


मधेसलाई आधार बनाएर राजनीति गरिरहेको जसपाले मधेस प्रदेसमा बढी सिटका लागि दाबी गरिरहेको छ । केहीअघि गठबन्धनको बैठकमा उसले ३२ सिटमा दाबी गरेको थियो ।

उसले गरिरहेको दाबीमा गठबन्धनका अरू घटक दल सहमत नभएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाटै अन्य दलसँग पनि तालमेलका लागि विकल्प खुला राख्ने निर्णय गर्न लगाएका हुन् ।

कार्यकारिणी समितिको बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरेको प्रेस नोटमा ‘संघीय संसद र प्रदेससभा सदस्यको निर्वाचनमा सिटको तालमेलका लागि भइरहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ’ उल्लेख छ ।

कार्यकारिणी समितिको निर्णयअनुसार गठबन्धनबाहेक अरू दलसँग तालमेलका लागि जसपासँग नेकपा एमाले, पुराना सहयात्री लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी विकल्पका रूपमा देखिएका छन् ।

गठबन्धनबाट बाहिरिएको अवस्थामा जसपाले तालमेल गर्ने भनेको यी दलहरू नै हुनेछन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि हम्मे हम्मे भइरहेको बेला जसपाले पुराना प्रतिद्वन्द्वी एमालेबाट राम्रो ‘अफर’ पाएको छ ।

स्रोतका अनुसार गठबन्धनबाट बाहिरिएको अवस्थामा एमाले उसलाई २० देखि २५ सिट दिन तयार छ ।

सत्ता गठबन्धनभन्दा बढी सिट दिने ‘अफर’ एमालेले गरेकै कारण अध्यक्ष यादवले कार्यकारिणी समिति बैठकबाट ‘गठबन्धनबाहेकका दलसँग पनि तालमेल गर्न सकिने’ निर्णय गर्न लगाएका हुन् ।

‘एमालेका तर्फबाट २० देखि २५ सिट दिने प्रस्ताव आएको छ, यो गठबन्धनमा पाइनेभन्दा झन्डै दोब्बर छ,’ जसपाका एक नेता भन्छन्,‘राजनीतिमा स्थायी शत्रु कोही हुँदैन । आवश्यक्ताअनुसार तालमेल हुने हो । कार्यकारिणीको निर्णयले एमालेसँग तालमेलका लागि बाटो खोलिदिएको छ।’

प्रतिनिधिसभा विघटनपछि बोलचालसमेत ‘बाराबार’ गरेका जसपा अध्यक्ष यादव केही महिनाअघि आफैं बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

त्यो भेटलाई ‘कट्सी’ भेटवार्ता बताइए पनि राजनीतिक वृत्तमा अर्थपूर्ण र चर्चाको विषय बनेको थियो ।

जसपाले ३२ सिटमा दाबी गरिरहे पनि पाँचदलीय गठबन्धनमा उसले १५ देखि १७ सिटभन्दा बढी पाउने सम्भावना देखिँदैन। तर, जसपा यति कम सिट लिएर चुनावमा जान चाहेको छैन ।

हुनत गठबन्धनको बैठकमै पनि अध्यक्ष यादवले आफूले भने अनुसारको सिट नपाउने सम्भावना नदेखेपछि केहीअघि नै बाहिरिने संकेत गरेका थिए ।

चुनावको सम्भावित नतिजाको जोडघटाउ गरेका उनले १६ भदौमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा यस्तो संकेत गरेका थिए ।

उनको हिसाब थियो– गठबन्धनबाट चुनाव लड्दा पनि ९ सिट जितिन्छ र एक्लै लड्दा पनि उत्तिक्कै ।

जुनसुकै तरिकाबाट चुनावमा जाँदा पनि सामान सिट जित्ने भएकाले गठबन्धनमा बस्नुभन्दा एक्लै लड्नु उपयुक्त हुने बैठकमा उनले सुनाएका थिए ।

गठबन्धनबाट कम सिट लिएर चुनावमा जाँदा पार्टीभित्र ‘विद्रोह’ हुनसक्ने डर पनि यादवलाई छ ।

टिकट नपाउने सम्भावना नदेखेपछि अहिले नै कतिपय जसपाका नेताहरू पार्टी छाडेर अरू पार्टीमा गइरहेका छन्। झन १५/१७ वटा सिटमात्रै लिएर सहमति गर्दा थप नेता कार्यकर्ता पार्टी छाड्नसक्ने डर अध्यक्ष यादवमा देखिन्छ ।

कम सिटमा खुम्चिँदा पार्टी छाडेर जानेको संख्या बढ्ने र त्यस्तोमा पार्टी जोगाउनै कठिन हुने यादवको विश्लेषण छ ।

चुनावको नतिजा जेसुकै आए पनि सबै ठाउँमा उम्मेदवार खडा गर्न सकिए कम्तिमा पार्टी जोगाउन सकिने विश्लेषण यादवको छ ।

कार्यकारिणी समितिको बैठकबाट जसपाले आगामी निर्वाचनमा एक्लै जानसक्ने विकल्पलाई पनि त्यसैले खुला राख्ने निर्णय गर्न लगाएको छ ।

प्रवक्ता सुमन भन्छन्,‘सगठबन्धनभित्रै सिटको बाँडफाँट टुंग्याउने हाम्रो पहिलो प्राथमिकता हो । सहमति जुट्न नसकेको खण्डमा अन्य दलसँग तालमेलका लागि प्रयास हुन्छ। त्यो पनि सम्भव नभए चुनावमा एक्लै जानेछौं ।’

कतिपयले भने आफ्नो अपेक्षाअनुसार नभए गठबन्धनबाट बाहिरिने ‘धम्की’ दिएर जसपाले गठबन्धनभित्र सिटका लागि ‘बार्गेनिङ’ गरिरहेको अथ्र्याएका छन् ।

आगामी चुनावसम्म जसरी पनि तालमेललाई निरन्तरता दिने पाँच दलको निर्णय रहेकोले गठबन्धनबाट बाहिरिने भनेर जसपाले सिटको बार्गेनिङ गर्न चाहिरहेको एमालेसँग तालमेलका लागि प्रयासमा रहेको लोसपाका एक नेता बताउँछन् ।

‘छाड्ने नै हो भने तत्काल निस्किए भइगो नि, पटक–पटक चेतावनी किन दिनुप¥योरु,’ ती नेता भन्छन्,‘गठबन्धनभित्र बढी सिट पाउन यो सब भइरहेको छ ।’

पाँचदलीय गठबन्धनमा कुरा नमिलेपछि एमालेसँग तालमेलका लागि लोसपाको प्रयास पनि सफल हुनसकेको छैन । मधेसमा कमजोर बन्दै गएको लोसपासँग तालमेल गर्न एमाले अध्यक्ष ओली पनि ज्यादै इच्छुक देखिएका छैनन् ।

पार्टी सचिवालयबाट उम्मेदवार छान्ने जिम्मेवारी पाए पनि ओली केही समय कुरेर बस्न चाहिरेका छन् ।

एमसिसी प्रकरणदेखि नै पाँचदलीय गठबन्धन भत्काउन प्रयासरत ओली सिटको बाँडफाँडलाई लिएर हुन सक्ने असन्तुष्टिको फाइदा उठाउन ‘ढुकेर’ बसिरहेका छन् ।

सत्ता गठबन्धनका घटक दल नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य रामचन्द्र झा एमालेसँग तालमेल गरे जसपा आफैंलाई प्रत्युत्पादक हुने बताउँछन् ।

केही सिटका लागि मुद्दालाई महत्वहीन बुझेर प्रतिगमनका नाइकेसँग पनि गठबन्धन गर्न सकिने निर्णय ‘मानसिक दिवालियापन’ को संकेत रहेको उनको भनाई छ ।

‘पछिल्ला तीनवटै निर्वाचनपछि सत्तामा अलमलिएर राजनीतिक उपलब्धि गुमाउनु परेका घटनाहरूबाट बुझ्न गाह्रो नहोला,’ झा भन्छन्-'फेरि पनि केही सिटका लागि मुद्दालाई महत्वहीन बुझेर प्रतिगामीका नाइकेसँग पनि गठबन्धन गर्नसक्ने१ मानसिक दिवायिपानको संकेत हो ।’

आफ्नो पार्टीमा नभए पनि उत्पीडनविरोधी मुद्दा, लोककतान्त्रिक आन्दोलनहरू र सामाजिक न्यायका मुद्दामा स्पष्ट विचार बोक्नेहरूका विरूद्ध षडयन्त्र आफ्नै लागि प्रत्युत्पादक हुनसक्ने उनले सचेत गराएका छन् ।आयोमेल


प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १०:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP