नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो
बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो
RSG-2
सबै जना मृतकको पहिचान खुल्यो
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २१, २०७९ बागेश्वरी पोस्ट
बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो

नेपालगन्ज । बारा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिजो  बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्ज सडकखण्डमा  यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको हो  ।

भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराति बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयाँ मेडिकल चितवनमा र पर्सा वीरगञ्ज १६ नगवा की ६० वर्षीया मालतीदेवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबैको सनाखत भइसकेको छ । प्रहरीका अनुसार मृत्यु  हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कँडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा वीरगञ्ज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीया मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया सोस्तिका श्रेष्ठ रहेका छन्  । 

त्यस्तै बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश विक, बारा कलैया १० का २५ वर्षीय इताजत अंसारी, ओखलढुङ्गाका लालबहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीया अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीया प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा वीरगञ्ज १६ नगवा की ६० वर्षीया मालतीदेवी चौरसिया हुन् । 

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौडा र वीरगञ्जका  विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त यात्रुबाहक बस क्षेत विच्छेद अवस्थामा रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP