prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन ४ मंसिर : एक्लै कोही छैन मैदानमा
निर्वाचन ४ मंसिर : एक्लै कोही छैन मैदानमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २४, २०७९ बागेश्वरी पोस्ट
निर्वाचन ४ मंसिर : एक्लै कोही छैन मैदानमा

नेपालगन्ज।  ५ वर्ष अघि नेपाली कांग्रेस अरू कुनै राजनीतिक दलसँग गठबन्धन नगरेर प्रतिनिधिसभा निर्वाचनमा होमियो । केही निर्वाचन क्षेत्रमा उम्मेदवार विशेषका लागि तालमेल गरे पनि केन्द्रबाटै देशभर गठबन्धन गरेर चुनाव लड्ने निर्णय कांग्रेसले गरेको थिएन ।अघिल्लोपटक कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्र मध्ये सबै ठाउँमा आफ्नो उम्मेदवार खडा गरेको थियो ।


त्यो निर्वाचनमा कांग्रेसका कतिपय ‘हेभीवेट’ शीर्ष नेताले हार बेहोर्नुप¥यो । जबकि त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर देशभर साझा उम्मेदवारलाई मैदानमा उता¥यो । एक्लै चुनाव लडेको कांग्रेस प्रत्यक्ष र समानुपातिकसहित प्रतिनिधिसभामा ६३ सिटमा सीमित भयो भने वाम गठबन्धनले लगभग दुई तिहाइ सिट जित्यो ।

त्यतिबेला वाम गठबन्धन गरेर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । तर, दुई ठूला दल मिलेर बनेको नेकपा लामो समयसम्म चल्न सकेन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधिसभा भंग गरेपछि देशभरका सबै कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउने उद्घोषका साथ बनेको नेकपा तीन वर्ष पूरा नगर्दै विभाजित भयो ।

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाभित्र व्यापक तिक्तता जन्मिसकेको थियो नै । त्यही बीचमा सर्वोच्च अदालतको एउटा फैसलाले त्यो दुवै दललाई आ–आफ्नो बाटोमा डोरिन बाध्य तुल्यायो ।

सर्वोच्चको त्यो फैसलापछि तीन वर्षअघि बनेको वाम गठबन्धन भत्किएर एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्कियो ।

र, त्यही बेला प्रतिनिधिसभा विघटन गर्ने ओली–कदमको विरोधमा पाँचदलीय गठबन्धनको उदय भयो ।

पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सामेल भए ।

सर्वोच्च अदालतको परमादेशपछि ओली सत्ताच्युत भएर बालकोट पुगे । र, पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देउवा बालुवाटारबाट र ओली बालकोटबाट चुनावी मैदानमा होमिँदै छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धन देशभर तालमेल गरेर चुनाव लड्दै गर्दा एमाले अध्यक्ष ओलीले एक्लै चुनावी मैदानमा उत्रिन चुनौती दिइरहे ।

ओली नेतृत्वको एमाले पनि त्यतिबेला दल विशेषसँग तालमेल गर्नबाट रूकेन । कतिपय स्थानमा राप्रपासँग भने कतिपय स्थानमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एमालेले स्थानीय तह निर्वाचनमा तालमेल ग¥यो ।

स्थानीय तह निर्वाचनपछि एमाले अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनलाई ‘अप्राकृतिक गठबन्धन’, ‘ठगबन्धन’ लगायतका उपमा दिएर सत्तोसराप गरिरहे।यहाँसम्म कि कैयौंपटक सार्वजनिक रूपमै उनले ‘हिम्मत भए एक्ला–एक्लै चुनाव लड्न’ गठबन्धनलाई चुनौती दिन पछाडि हटेनन् । पाँचदलीय गठबन्धनलाई परास्त गर्न एमाले एक्लै काफी रहेको ओलीको दाबी हुने गर्दथ्यो ।

१० भदौमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा पनि ओलीले एक्लै समेत सफल हुनसक्ने आत्मविश्वास पदाधिकारी र केन्द्रीय सदस्यहरूमाझ व्यक्त गरे । स्थानीय तह निर्वाचनमा एमालेले पाएको सर्वाधिक मतलाई देखेर पाँच दल एक्लै लड्न डराएर नयाँ दलहरूलाई गठबन्धनमा थप्न खोजेको ओलीले त्यतिबेला भनेका थिए ।

बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले भनेका थिए–आगामी निर्वाचनमा एक्लै पनि सफलता हासिल गर्न सकिन्छ ।

एक महिनाअघि पाँच दलीय गठबन्धनलाई सत्तोसराप गर्दै एक्लै चुनाव लड्ने ‘दम्भ’ देखाएका तिनै ओलीले पनि गठबन्धनकै 'साहारा’ लिएका छन् ।

त्यो पनि बोलचाल समेत बारा–बार गरेका जसपा अध्यक्ष उपेन्द्र यादवसँग तालमेल गरेर ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले केही दिन अघि पाँचदलीय सत्ता गठबन्धनबाट बाहिरिएको जसपासँग तालमेल गरेको छ ।

देउवा नेतृत्वको गठबन्धन भन्दा एक सिट बढी १७ सिट दिएर एमाले अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवसँग तालमेल गरेका छन् । मधेस प्रदेसको प्रदेससभामा उनले जसपालाई केही बढी सिट दिने गरी जसपासँग तालमेल गरेका छन् ।

त्यसका साथै दुई–दुई पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपासँग तालमेल गरेका छन् ।

समझदारी अनुसार ओली चुनाव लड्ने झापा क्षेत्र नम्बर ५ मा अब राप्रपाको उम्मेदवार हुने छैन। अर्थात त्यहाँ उनले राप्रपाको मत पनि पाउने छन् ।

राप्रपाको साथ लिएर झापा ५ बाट ओली आफ्नो जित सुनिश्चत गर्न चाहिरहेका छन् । हुनत अघिल्लोपटकको निर्वाचनमा पनि लिङ्गदेनले उनलाई झापा ५ मा सघाएको थियो ।

ओली मात्रै होइन प्रमुख राजनीतिक दलका कुनै पनि शीर्ष नेता यसपटक चुनावी मैदानमा एक्लै उत्रिएका छैनन् ।

आफूलाई शक्तिशाली र राष्ट्रिय राजनीतिमा ‘दबदबा’ राखेको कहलाउने प्रायः सबै शीर्ष नेताहरू अरू दलसँग तालमेल वा गठबन्धन गरेर चुनावी मैदानमा अगाडि बढिरहेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराबाट मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्न उनी आफैं डडेलधुरा पुगेनन् । बारेस बनेर पत्नी आरजु देउवा राणाले उनको उम्मेदवारी दर्ता गराइन् ।

देउवा पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति भइसकेका छन् । त्यतिमात्रै होइन पहिलो जनआन्दोलनको सफलतापछि भएका निर्वाचनहरूमा उनले हार बेहोर्नु परेको छैन । देउवाले सबै निर्वाचन जितेका छन् ।

र, त्यो पनि कुनै अरू दलसँग तालमेल वा गठबन्धनविनै ।

तर, यसपटक देउवालाई पनि गठबन्धकै सहारा चाहिएको छ । त्यसैले पार्टीका नेता–कार्यकर्ता असन्तुष्ट बने पनि उनले गठबन्धनका घटक दललाई रूष्ट बनाउन चाहेनन् ।

डडेलधुरामा देउवालाई डर थियो, पुराना सहयात्री कर्ण मल्लहरूको ।

१४ औं महाधिवेशनका बेला सम्बन्धविच्छेद भइसकेका मल्लहरू अहिले नेपाली कांग्रेस (बिपी) मा आवद्ध छन् । राजनीतिका चतुर खेलाडी देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा मल्लहरूको सहयोग नपाउने पक्का भइसकेका थिए ।

त्यसैले डडेलधुराबाट फेरि आफ्नो जितको यात्रालाई निरन्तरता दिइराख्न उनले गठबन्धनका घटक दललाई सहारा बनाए ।

गठबन्धनबाट चुनाव लड्ने भएपछि त्यहाँ माओवादी केन्द्रका उनका चीरपरिचित प्रतिद्वन्द्वी खगराज भट्टको सामना गर्नुपर्ने चुनौती देउवालाई छैन।पहिलो संविधानसभा निर्वाचनयता भएका सबै चुनावमा भट्ट डडेलधुरामा देउवाका निकटतम प्रतिद्वन्द्वी बनिरहे । तर, यसपटक माओवादी पनि गठबन्धनमै सामेल भएपछि देउवालाई भट्टको चुनौती छैन ।

‘इमानदार’ गठबन्धन भए देउवाले अब उल्टै माओवादी केन्द्रकै मत पाउने छन् ।

यही कडीमा जोडिएका छन् अर्का शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचन गृहजिल्ला चितवनबाट जितेका प्रचण्ड यसपटक गोरखबाट चुनाव लड्ने भएका छन् । आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँगै त्यहाँ पुगेर प्रचण्डले मनोनयन दर्ता गराएका हुन् ।

चितवनमा सहज स्थिति नदेखेपछि डाक्टर भोजराज अधिकारीलाई त्यहाँ उम्मेदवार बनाएर प्रचण्ड आफू गोरखातर्फ लागेका छन् ।गठबन्धनको साथ छँदा पनि गृहजिल्ला चितवनबाट चुनाव नलडेर उनी गोरखबाट सुरक्षित हुन चाहेका छन् ।

प्रचण्ड चुनाव लड्ने गोरखा २ (१) मा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र २(२) मा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेले प्रदेससभातर्फ उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा त्यो क्षेत्रबाट तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष भट्टराई निर्वाचित भएका थिए । भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले पराजित गरेका थिए ।

भट्टराईको बलियो पकड रहेको गोरखा २ बाट चुनाव लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसपटक प्रतिनिधिसभासम्म पुग्ने बाटो सुरक्षि गर्न चाहेका छन् ।

माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय गरिसकेको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईका साथै प्रचण्डले त्यहाँ कांग्रेस र एकीकृत समाजवादीको समेत सहयोग पाउने छन् ।

२०७४ सालको निर्वाचन काठमाडौंबाट जितेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल यसपटक गृहजिल्ला रौतहट राजेका छन् । उनले आइतबार रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललाई पनि चुनावमा सुरक्षित हुन अरू दलकै सहारा चाहिएको देखिन्छ । उनी त्यहाँबाट चुनाव लड्ने भएपछि अघिल्लोपटक तत्कालीन राजपाबाट निर्वाचित भएका अनिल झाले मैदान खाली गरिदिएका छन् ।

त्यस्तै त्यही क्षेत्रबाट चुनाव लड्ने आकांक्षा राखेका कांग्रेस मधेस प्रदेसका सभापति कृष्णप्रसाद यादव प्रदेससभा सदस्यमा झरेका छन् ।

पाँचदलीय गठबन्धनमा भएको समझदारीअनुसार अध्यक्ष नेपाललाई रौतहट १ बाट चुनाव लडाएर लोसपाका झालाई धनुषा ३ दिइएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर रौतहट १ बाट नेपालले आफ्नो जितलाई सुनिश्चित गर्न चाहेका छन् ।

 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP