prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • टरिगाउँ एअरपोर्टको विकास र विस्तार पहिलो प्राथमिकताः गिरी
टरिगाउँ एअरपोर्टको विकास र विस्तार पहिलो प्राथमिकताः गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २५, २०७९ बागेश्वरी पोस्ट
टरिगाउँ एअरपोर्टको विकास र विस्तार पहिलो प्राथमिकताः गिरी

नेपालगञ्ज । दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले आफू र गठबन्धन दलहरुलाई बिजयी बनाए तुलसीपुरको टरिगाउँस्थित दाङ एअरपोर्टलाई नेपालकै ‘ए’ लेभलको डोमेष्टिक एअरपोर्टका रुपमा विकास गरिने बताएका छन् ।

आज तुलसीपुरमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीकै नेता कार्यकर्तासंग सुझाब संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका गिरीले आफूहरु बिजयी भएपछि पहिलो प्राथमिकतामा राखेर एअरपोर्ट विस्तार र विकासको काम गर्ने बाचा गरेका हुन् ।

विगतमा आफू मन्त्री हुँदा जीवनबहादुर शाही पर्यटन मन्त्री रहेको समयमा करिब ४ करोड रुपैयाँ खर्चिएर डिटेल सर्भे गर्न लगाएको भएपनि ९ महिनामा सरकार परिवर्तन भएका कारण त्यो काम पूरा गर्न नपाएको भन्दै उनले आफू लगायत गठबन्धन दलका उम्मेदवारलाई बिजयी बनाए पहिलो प्राथमिकतामा राखेर त्यही काम गर्ने बताएका हुन् । ‘अहिले म एअरपोर्टको बारेमा बिभिन्न समयमा भइरहेका नाटकीय कुराहरु नियालीरहेको छु,’ उनले भने- ‘कम्युनिष्टको बहुमतको सरकारले नाटक मञ्चन गरेपनि एअरपोर्ट बनाउन लागेनन्, अब हामीले यो एयरपोर्ट बनाउने छौं ।’

त्यस्तै उनले तुलसीपुर–घोराही सडक खण्ड छोरालाई ठेकेदार गराउन तुलसीपुरका पूर्व मेयरले शक्तिको दुरुपयोग गरेको हुँदा बिजोग बनाएको आरोप लगाए । ‘आज चारलेनकै कारण दंगालीले दुःख पाउनुपरेको छ,’ उनले भने-‘मेयरकै छोरा ठेकेदार बन्दा दंगालीले सास्ती खेप्नुपरेको हो ।’ गिरीले एमाले महासचिव शंकर पोखरेलले आफ्नो पहलमा निर्माण गरेको बबईस्थित बैबाङको पुल उद्घाटन गरेपनि त्यो पुल कसका कारणले निर्माण भएको हो भन्ने कुरासम्म नगरी सर्वसाधारण जनतालाई भ्रममा पार्ने खेल गरेको बताए ।

गठबन्धन देशको आवश्यकता भएको भन्दै उनले लामो बलिदानी पछि प्राप्त लोकतन्त्र, संविधानको रक्षा र मुलुकको सम्बृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । ‘केपी नेतृत्वको दुई तिहाई बहुमतले बिगतमा संविधानमाथि धावा बोलेको नभुल्नुहोला, चरम भ्रष्टाचार गरी देशलाई टाँट पल्टाउन खोजेको नभूल्नुहोला र उतिखेर आम नागरिकको शान्ति सुरक्षा हराएको हेक्का राखेर त्यसका बिरुद्ध मतदान गर्नुहोला,’ गिरीले भने-‘यो निर्वाचन मात्रै हैन प्रतिगन र तानाशाह प्रबृति बिरुद्धको लडाईं पनि हो ।’

उनले गठबन्धन भित्रका सबै दलहरुलाई आपसमा कुनै भेदभाव र तिक्तता नराखी एक ढिक्का भएर अर्जुनदृष्टिका साथ सरल ढंगले निर्वाचनमा होमिन आग्रह गरे । पछाडि परेको समुदाय, जनजाती, किसानको हकहित रक्षाका लागि नेपाली काँग्रेससहित गठबन्धनका उम्मेदवारले जित्न जरुरी रहेको उनले बताएका थिए ।

त्यसक्रममा उनले आफू मन्त्री हुँदा दाङमा बाह्रैमास सिंचाई सुविधा पु¥याउने उद्देश्यका साथ सुरु गरेको बृहत दाङ सिंचाई परियोजनाको चर्चा गरेका थिए । उनले जिल्लामा ८८ वडा डीप बोरिङ खनिएको, एक सय ५० बढी स्यालो ट्युबवेल गाडिएको हुँदा त्यसले किसानलाई सहज भएको धारणा बताए । हाल रोकिन पुगेको पश्चिम दाङमा स्तरीय सडक संजालले जोड्ने कार्य बिजयी भएपछि फेरि सुरु गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP