नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज उधोग बाणिज्य संघ निर्वाचन: रौनियार प्यानलले गर्‍यो उम्मेदवारी दर्ता
नेपालगञ्ज उधोग बाणिज्य संघ निर्वाचन: रौनियार प्यानलले गर्‍यो उम्मेदवारी दर्ता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २६, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्ज उधोग बाणिज्य संघ निर्वाचन: रौनियार प्यानलले गर्‍यो उम्मेदवारी दर्ता

नेपालगञ्ज ।आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललित कुमार रौनियार नेतृत्यको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले बृह्त शक्ति प्रदर्शन गर्दै शनिवार मनोनयन दर्ता गरेको छ ।

साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको प्रचार सचिवालय भानुभक्त चोक न्यूरोडमा भेला भएका सयौं उद्योगी व्यावसायी न्यूरोड, धम्वोजी, घरबारी टोल, त्रिबेणीमोड हुँदै मनोनयन दर्तास्थल उद्योग बाणिज्य संघको कार्यालय त्रिभुवन चोक पुगेका थिए । साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट अध्यक्षमा ललित कुमार रौनियारको उम्मेदवारी दर्ता भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल शर्मा प्रस्ताबक र निर्वाचन प्रचार प्रसार सचिवालयका संयोजक ध्रुव प्रसाद दाहाल र व्यापारी प्रलाहद लखेरको समर्थकमा रौनियारले उम्मेदवारी दर्ता गराउनुभएको सचिवालयका प्रचार संयोजक ध्रुबप्रसाद दाहालले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता पछि उद्योगी व्यावसायीहरुलाई सम्वोधन गर्दै अध्यक्षका उम्मेदवार रौनियारले आफ्नो उम्मेदवारी सम्पूर्ण उद्योगी व्यावसायीको पेशागत सुरक्षा, हकहितका निमित्त भएको बताउनुभयो । मनोनयन दर्ताका क्रममा देखिएको उद्योगी व्यावसायीको उत्साहले हर्षित बनाएको भन्दै उहाँले उद्योग बाणिज्य संघलाई सबैको साझा संगठनको रुपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी दर्ता भएको छ । यस्तै सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारको मनोनयन दर्ता भएको निर्वाचन प्रचार प्रसार सहसंयोजक बीरेन्द्र कुमार रावतले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गर्न जाने क्रममा निकालिएको ¥यालीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा,  वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना तथा व्यापारी नेताहरु सुनिल कुमार शर्मा, गोपाल अधिकारी, याकुव अन्सारी, प्रदिप गुप्ता, रमेश गुप्ता, बिष्णु लामिछाने लगायतको सहभागीता रहेको थियो ।

“आर्थिक समुन्नति सहितको व्यवसायिक स्वतन्त्रता, संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उम्मेदवारी दर्ता अघि शनिवार विहान नेपालगन्जको घरवारी टोलमा घरदैलो तथा मतदाताहरुसँग भेटघाट गरेको थियो । घरदैलोमा पुग्दा मतदाता उत्साहित हुँदै विजयीको शुभकामना तथा शुभेच्छा दिने गरेका छन् ।


प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP