prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान
एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान
banijya office RSG-2
अनुगमन  र प्रचारप्रसार समिति गठन
बागेश्वरी पोस्ट
बिहीबार, असोज २७, २०७९ बागेश्वरी पोस्ट
एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले मंसिर ४ गते हुने निर्वाचनमा एक ढिक्का भएर परिचालन हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ । आज बसेको जिल्ला कार्यसमितिको बैठकले विगत भुलेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन एक मनका साथ चुनावमा होमिन आह्वान गरेको हो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर अनुगमन समिति र प्रचारप्रसार समिति समेत गठन गरेको छ । बैठकले सभापति गौडलेको संयोजकत्वमा अनुगमन र उपसभापति गोपालप्रसाद अधिकारी संयोजक रहने गरी प्रचारप्रसार समिति गठन गरेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । अनुगमन समितिमा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य छन् । प्रचारप्रसार समितिमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति पदाधिकारी, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, भ्रातृ र शुभेच्छुक संगठनका प्रमुख, पूर्व पार्टी पदाधिकारी, पूर्व जिल्ला सदस्य, पूर्व महासमिति तथा महाधिवेशन प्रतिनिधि लगायत रहेको प्रबक्ता गिरीले बताए ।

No description available.

यस्तै बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई पार्टी तथा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ । बैठकमा पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार, समानुपातिक उम्मेदवार, क्षेत्रीय सभापति, प्रदेश कार्यसमिति सभापति, गाउँपालिका सभापति लगायत उपस्थित थिए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले विगतका मनमुटाब र कमीकमजोरी विर्सिएर एकताबद्ध ढंगले निर्वाचनमा होमिन निर्देशन दिए । सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्धिलाई सम्झँदै मंसिर ४ गते पनि विजयको झण्डा फहराउने गरी उच्च मनोबलका साथ प्रतिबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आह्वान गरे । निवर्तमान सभापति किरण कोइरालाले एकताबद्ध कांग्रेसलाई कसैले हराउन नसक्ने बताइन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणाले कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै सबै पार्टी पंक्ति इमान्दार भए सबै ठाउँमा सफलता हासिल गर्ने दृढता व्यक्त गरे । बैठकमा प्रदेशसभा १(२) का उम्मेदवार फुलाराम थारु, २(१) का उम्मेदवार राजकुमार बर्मा, २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल र ३(२) का उम्मेदवार बादशाह कुर्मीले सबै इमान्दार भएर चुनावमा होमिनुपर्ने बताएका थिए । उम्मेदवारहरुले बाँकेमा कांग्रेसका संगठन राम्रो भएकाले आफूहरु उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएको बताएका छन् ।

पार्टी सचिव सुधांशु कोइरालाले एजेण्डा प्रस्तुत गरेको बैठकमा कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले २०७८ फागुनदेखि २०७९ भदौ मसान्तसम्म आयव्यय विवरण प्रस्तुत गरेका थिए । त्यसलाई बैठकले पारित गरेको छ । 

यसैगरी असोज १८ गतेदेखि २३ गतेसम्म अविरल परेको बर्षा र बाढीका कारण जिल्लाका विभिन्न स्थानमा घर भत्किएको, विस्थापित हुनपरेको तथा पशुचौपाया एवम् बालीनालीमा समेत ठूलो क्षती भएकोप्रति दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकार र सम्बन्धित स्थानीय सरकारलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको प्रबक्ता गिरीले बताए ।  

No description available.

No description available.


प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP