नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके १ र ३ मा द्विपक्षीय र २ मा त्रिपक्षीय प्रतिष्पर्धा !
बाँके १ र ३ मा द्विपक्षीय र २ मा त्रिपक्षीय प्रतिष्पर्धा !
बागेश्वरी पोस्ट
बिहीबार, असोज २७, २०७९ बागेश्वरी पोस्ट
बाँके १ र ३ मा द्विपक्षीय र २ मा त्रिपक्षीय प्रतिष्पर्धा !

नेपालगञ्ज । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभामा बाँकेमा ३६ जना उम्मेदवार छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट ११ जना, क्षेत्र नम्बर २ बाट १६ जना र क्षेत्र नम्बर ३ बाट ९ जना उम्मेदवार छन् । 

तर, बाँकेमा मुख्यतः द्विपक्षीय र त्रिपक्षीय प्रतिष्पर्धा हुने करिब निश्चितप्रायः छ । कतै कांग्रेस नेतृत्वको गठबन्धन तथा एमाले-राप्रपा गठबन्धन भने कतै ठूला दलहरुबीच नै मुख्य प्रतिपष्र्धा देखिन्छ । 

क्षेत्र नम्बर १ मा दलगत र स्वतन्त्र गरेर ११ उम्मेदवार मैदानमा उत्रिए पनि नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतरा अथक र नेकपा एमालेका सूर्यप्रसाद ढकालबीच प्रतिष्पर्धा छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट उम्मेदवार बनेका नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकलाई राप्रपाको समेत समर्थन पाएका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज ढकालले चुनौती दिँदैछन् । यहाँ मुख्य ठूला दलहरुबीच नै गठबन्धन भएकाले यी दुई उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । ढकाल संसदीय चुनावमा पहिलोपटक भिड्न लागेका छन् । 

क्षेत्र नम्बर २ मा भने परिस्थिति फरक छ । यहाँ राप्रपा एमाले गठबन्धन, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपाल का उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने आंकलन गरिएको छ । क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबीच तालमेल हुन सकेन । राप्रपाका महामन्त्री डा.धवल शमशेर राणा, जसपाका नेता मो. इस्तियाक राई र कांग्रेसका सुदिप नरसिंह राणाबीच प्रतिष्पर्धा हुने देखिएको छ । राणा नेपालगञ्जका निवर्तमान मेयर समेत हुन् । जसपाका कार्यकारिणी सदस्य राई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री हुन् । उनी २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सुदिप नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । तरुण दलको राजनीतिबाट पार्टीमा स्थापित उनी तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक संसदीय चुनाव लड्दैछन् । 

बाँके ३ मा पनि रोचक प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई एमाले राप्रपा गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष किष्मतकुमार कक्षपतिले टक्कर दिँदैछन् । यसअघि बर्दियाबाट चुनाव लड्दै आएका राठोर यसपटक बाँके ३ मा आएका छन् भने किष्मतले पहिलोपटक संसदीय चुनाव लड्दैछन् । 

गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा यी उम्मेदवारहरुबीच नै प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । स्थानीय चुनावको मत अनुसार क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धन, क्षेत्र नम्बर ३ मा पनि सत्तारुढ गठबन्धन र क्षेत्र नम्बर २ भने जसपा र कांग्रेस एक्लाएक्लै प्रतिष्पर्धा गर्दा एमाले-राप्रपा गठबन्धनको मत बढी देखिन्छ । 


प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP