नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मुख्यमन्त्री चौधरीद्वारा नेपालगञ्जस्थित प्रदेश प्रहरी अस्पतालको निरीक्षण
मुख्यमन्त्री चौधरीद्वारा नेपालगञ्जस्थित प्रदेश प्रहरी अस्पतालको निरीक्षण
RSG-2
अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता, ५० शय्याको स्वीकृति प्रदान गरिने
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २०, २०८० बागेश्वरी पोस्ट
मुख्यमन्त्री चौधरीद्वारा नेपालगञ्जस्थित प्रदेश प्रहरी अस्पतालको निरीक्षण

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षण गरेका छन् । अस्पताल निरीक्षण गर्दै उनले प्रदेशभित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताए । 

उनले बिरामीको चाप र सेवा हेर्दा प्रहरी अस्पताललाई ५० शय्याको बनाउन आवश्यक देखिएको बताउँदै प्रक्रिया पूरा गरेर ५० शय्याको स्वीकृति प्रदान गरिने जानकारी दिए । १५ शय्याको उक्त अस्पताल अहिलेका लागि निकै सानो र कम क्षमताको रहेकोले अस्पताललाई आवश्यक पर्ने पूर्वाधारसँगै जनशक्ति र उपकरण थप गरेर अस्पतालको स्तरोन्नति गरिने मुख्यमन्त्री चौधरीले बताए । उनले नेपालगञ्ज स्वास्थ्य उपचारको हब बन्दै गएकाले सरकारले सरकारी स्वास्थ्य संस्थाहरुलाई आधुनिक प्रविधि र प्राविधिकको अभाव हुन नदिने गरी काम गरिरहेको बताए । 

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याहरुका बारेमा जानकारी गराउँदै पूर्वाधार र जनशक्तिको अभावले समस्या रहेको बताए । उनले लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका प्रहरी, प्रहरी परिवार र पूर्व प्रहरी तथा उनका परिवारका बिरामीलाई सेवा दिँदै आएको यो अस्पताललाई तत्काल ५० शय्याको बनाउनुपर्ने माग गरे । 

अस्पताल प्रमुख डा. श्रेष्ठले ४२ बेडको अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकोले भवनको निर्माण पूरा हुने बित्तिकै ५० शय्याको अनुमतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP