prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असोज २९, २०७६ बागेश्वरी पोस्ट
रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि

काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीको घाउजाँच प्रतिवेदनले उनीमाथि कुटपिट भएको पुष्टि भएको छ। केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ।

nepalgunj 081-082

प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ।

‘घाउचोट देखिएको छ, रिपोर्टमा चिकित्सकले कसैले हिर्काएर चोट लागेको उल्लेख गरेका छन्,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘पीडितको कोठामा महराबाहेक अन्य व्यक्ति गएको नदेखिएकाले सो कार्य महराबाट भएको हो भन्न अप्ठेरो छैन।’मिडियाहरूमा ‘महरा र रोशनीको फरेन्सिक जाँच भएको’ भन्ने समाचार सत्य नभएको भन्दै ती अधिकारीले भने, ‘कुटपिटको घाउजाँच गरिने हो, फरेन्सिक जाँच हैन। घाउ कसले लगाइदिएको हो भन्ने परिस्थितिबाट पुष्टि भइसकेको छ।’

असोज १२ गते राति महराले बलात्कार प्रयासका क्रममा शाहीको शरीरमा चोटपटक देखिएको थियो।

शाहीले जाहेरी दिएकै दिन असोज १७ गते प्रहरीले उनको शरीरमा लागेको घाउजाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली असोज १२ गते कोठामा पुग्दा रोशनीले आफूमाथि कुटपिट भएको भन्दै चोट देखाएकी थिइन्। तर, उनले केही दिन जाहेरी दिन इन्कार गरेपछि उनको शरीरमा लागेको चोटको जाँच समयमै हुन पाएन।

‘जाहेरी परेको दिन हामीले जाहेरी सँगसँगै शिक्षण अस्पतालमा घाउ जाँच गर्न पठाएका थियौं,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने, ‘घटना अनुसन्धान महानगरीय प्रहरी परिसरबाट भएकाले अस्पतालले उतै घाउजाँचको प्रतिवेदन बुझाएको छ।’

परिसर स्रोतका अनुसार रोशनीको हात, औंला, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्। महराले कुटपिट गर्दा सो चोट लागेको शाहीले जाहेरीमा उल्लेख गरेकी छिन्।

‘अनुसन्धान प्रतिवेदन तयार गर्ने क्रममा डाक्टरबाट आएको घाउजाँच प्रतिवेदन पनि प्रमुख प्रमाणकै रूपमा राखिन्छ,’ परिसर स्रोतले भन्यो।

कुटपिट गर्दा फुटेको महराको चस्मा, जुत्ताको तलुवा, रक्सी पिएको गिलास, रक्सीको बोत्तल फरेन्सिक जाँचमा पठाइसकिएको छ। त्यसको रिपोर्ट भने आइसकेको छैन।

महरालाई जबरजस्ती करणी उद्योगमा मुद्दा अघि बढाइएको छ। महरालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ।

स्वास्थ्यमा समस्या आएको भन्दै हाल महरा नर्भिक अस्पतालमा उपचारत छन्। सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १७:३४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP