Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्च अदालतको अन्तरिम आदेशः २० जना मन्त्री पदमुक्त !
सर्वोच्च अदालतको अन्तरिम आदेशः २० जना मन्त्री पदमुक्त !
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ८, २०७८ बागेश्वरी पोस्ट
सर्वोच्च अदालतको अन्तरिम आदेशः २० जना मन्त्री पदमुक्त !

नेपालगन्ज । सर्वोच्च अदालतले नवनियुक्त मन्त्रीलाई काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतको आदेशले जनता समाजवादी पार्टीसहित २० जना मन्त्री पदमुक्त हुने भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले नवनियुक्त मन्त्रीहरुलाई काम कारबाही गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले प्रतिनिधि सभा विघटन भएपछि चुनावी कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने बताएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका ९ जना मन्त्री, २ जना राज्यमन्त्री साथै एमालेका ९ जना मन्त्रीहरुको पद स्वतः गएको छ ।

अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्र बाँकी रहेका छन् । प्रधानमन्त्री  ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

पदमुक्त हुने मन्त्रीहरुमा रघुबीर महासेठ, परराष्ट्र, राजेन्द्र महतो, सहरी विकास, खगराज अधिकारी, गृह, शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिलकुमार झा, खानेपानी, शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्ख्या, राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, नैनकला थापा, सञ्‍चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास, बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास, उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ, युवा तथा खेलकुद, नारद मुनि राना, वन तथा वातावरण, गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, आशाकुमारी विक, वन तथा वातावरण रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP