Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीभित्र विरोधका लागि विरोध नगरौं, एकताबद्ध कांग्रेस बनाउन लागौंः गिरी
पार्टीभित्र विरोधका लागि विरोध नगरौं, एकताबद्ध कांग्रेस बनाउन लागौंः गिरी
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, माघ ११, २०७८ बागेश्वरी पोस्ट
पार्टीभित्र विरोधका लागि विरोध नगरौं, एकताबद्ध कांग्रेस बनाउन लागौंः गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले पार्टीभित्र विरोधका लागि विरोध भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई विर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध कांग्रेस बनाउन लाग्नुपर्ने बताए ।

Green City Pharmacy

"कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नुपर्छ," उनले भने-"हृदयगत एकता र आत्मीयता आजभोली हराएको हो कि जस्तो लागेको छ, अब गुट उपगुट भन्दा पनि कसरी सबल, सक्षम र लोकप्रिय पार्टी बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ ।" उनले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताए । "अब यो गुट त्यो गुट भन्दा पनि कांग्रेस पार्टी भनेर लाग्नुपर्छ भन्ने मेरो मत हो," गिरीले भने- "सभापति शेरबहादुर देउबाले सबैलाई समेटेर अघि बढ्नुपर्दछ, उहाँ त्यसरी नै अघि बढ्नुहोला भन्ने मेरो विश्वास हो, विरोधका लागि विरोध गर्ने पक्षमा म छैन, उहाँले गरेको राम्रा कामको समर्थन गर्छु, गल्ती गर्दा गल्ती भयो है भन्छु ।" पत्रकारहरुको जिज्ञासामा गिरीले आफू यो गुट त्यो गुट भन्दा पनि कांग्रेस गुटमा रहेको बताए । 

No description available.

"म कुनै समय शेरबहादुर दाईसंग नजिक थिए, पार्टी विभाजन हुँदा रुख चिन्ह भएको ठाउँमा उभिए, गिरिजाबाबुसंग रहेँ, १२औं महाधिवेशनमा सुशील कोइरालाको समूहबाट लडेर केन्द्रीय सदस्य भएँ, १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट केन्द्रिय सदस्य भएँ, १४औं मा पनि शेखर कोइराला समूहबाट चुनाव लडेर जितें तर महाधिवेशन सम्पन्न भइसकेपछि को कुन समूहमा भन्दा पनि हामी कांग्रेसको हो, कांग्रेस बनाउन लाग्नुपर्छ," उनले भने ।  

केन्द्रिय सदस्य गिरीले पार्टीभित्र हरेक विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । "कुनै विषय वा प्रसंग आयो भने पहिले पार्टीभित्र सामान दृष्टिकोण बनाउनुपर्यो, बाहिर जसले जे मन लाग्यो त्यही बोल्ने हिसाबले लाग्न भएन," उनले थपे-"सस्तो लोकप्रियताका लागि बोल्दिने बानीले समस्या निम्तिरहेको छ ।" पत्रकारहरुले निर्वाचनका सम्बन्धमा राखेको जिज्ञासामा उनले तीनै तहका निर्वाचन सम्मुख रहेकाले पार्टीलाई कसरी सफल बनाउने भन्ने विषयमा रणनीतिक हिसाबले पनि सोच्नुपर्ने बताए । सबैको बीचमा सहमति बनाएर संविधान र कानुनको प्रतिकूल नहुने गरी उपयुक्त समयमा निर्वाचन गर्न सकिने बताउँदै उनले संविधान र निर्वाचन सम्बन्धि कानुनको सबैले आ-आफ्नो हिसाबले व्याख्या गर्दा समस्या भइरहेको बताए ।

No description available.

सहमति जुटेमा पहिले संसदीय निर्वाचन गर्दा पनि फरक नपर्ने आफ्नो धारणा रहेको गिरीले बताए । उनले तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यलाई आर्थिक भार कम पर्ने भन्दै त्यसरी पनि जान सकिने धारणा राखे । "निर्वाचन आयोगले एउटा मिति दिएर उक्त मितिमा चुनाव गर्नुपर्ने भनेको छ, सरकारले यस विषयमा छलफल र परामर्श गरिरहेको छ, कानुनी र व्यवहारिक पाटाहरु हेरिरहेको छ, छिट्टै यसको निक्र्योल होला," उनले भने ।

पूर्व मन्त्री गिरीले नेपाल भारत सीमा विवादका विषयमा उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहल मार्फत् समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १९:५७:००
narainapur_corona
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा सुमन र तुफानबीच २० मतको अन्तर, उपाध्यक्षमा मल्ल अगाडि
खजुरामा सुमन र तुफानबीच २० मतको अन्तर, उपाध्यक्षमा मल्ल अगाडि
स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात
स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात
मतदान पश्चात् तप्त पौडेलद्वारा सबैलाई धन्यवाद व्यक्त
मतदान पश्चात् तप्त पौडेलद्वारा सबैलाई धन्यवाद व्यक्त
बाँकेका मतदान केन्द्रमा जे देखियो...
बाँकेका मतदान केन्द्रमा जे देखियो...
duduwa new kohalpur rapti sonari_corona
निर्वाचन विशेष
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता बागेश्वरी पोस्ट
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP