नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज म्याराथनको उपाधि एपिएफका गोपीचन्द्र पार्कीलाई
नेपालगञ्ज म्याराथनको उपाधि एपिएफका गोपीचन्द्र पार्कीलाई
banijya office RSG-2
एपिएफकै पुष्पा भण्डारीलाई महिला म्याराथनको उपाधि
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ६, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज म्याराथनको उपाधि एपिएफका गोपीचन्द्र पार्कीलाई
पुरुष म्याराथनमा प्रथम स्थान हासिल गरेका गोपीचन्द्र पार्की

नेपालगञ्ज । छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।

उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पार गरेका हुन् । उनले ७५ हजार रुपैयाँ हात पारेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता पार्की यो उपाधिसंगै अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । 

दोस्रो भएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै तेस्रो स्थान हासिल गरेका छन् । गत वर्षको विजेता आर्मीकै नवराज साउदले २ घण्टा ३१ मिनेट २१ सेकेण्डमा चौथो स्थान हासिल गरे । आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ४६ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

सुदुरपश्चिम प्रदेशका मुकेश बहादुर पालले २ घण्टा ४७ मिनेट ५५ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै छैठौं स्थान हासिल गरेका छन् । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएका भट्टराईले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए ।

महिला हाफ म्याराथनको उपाधि पनि विभागीय टोली एपिएफकी पुष्पा भण्डारीले जितेकी छिन् । पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।

दोस्रो स्थान जुम्लाकी मञ्जु रावतले प्राप्त गरिन् । उनले १ घण्टा ३० मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दै १५ हजार रुपैयाँ जितिन् । दाङकी शर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । उनले १० हजार रुपैयाँ पाएकी छिन् ।

चौथो स्थान हासिल गरेकी सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गरिन् । लुम्बिनीकी अनिशा चौधरी पाँचौ तथा कल्पना चौधरी छैठौं भए । अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेण्डमा दुुरी पार गर्दा कल्पनाले १ घण्टा ४२ मिनेट ५२ सेकेण्डमा पार गरिन्। चौथोलाई ७, पाँचौंलाई ६ र छैठौंलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् । क्रियटिभ ह्याण्ड्सको आयोजनामा प्रतियोगिता भएको हो । 


प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP