नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा चालिसे निर्वाचित
तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा चालिसे निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा चालिसे निर्वाचित

दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे निर्वाचित हुनुभएको छ । चालिसे ३४ मत अन्तरले विजयी हुनुभएको हो । चालिसेले ८ सय २९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी टेकनप्रसाद बस्नेत (हिमाल) ले ७ सय ९५ मत प्राप्त गर्नुभयो । चालिसेलाई नेकपा र बस्नेतलाई कांग्रेसको समर्थन थियो ।


त्यस्तै उद्योग उपाध्यक्षमा काँग्रेस निकट प्रजातान्त्रिक प्यानलका ललितजंग शाह बिजयी हुनुभएको छ । शाहले ८ सय ६० मत ल्याउँदा उहाँका प्रतिद्वन्दी यज्ञबहादुर केसीले ७ सय १८ मत प्राप्त गर्नुभयो । बाणिज्य उपाध्यक्षमा बामपन्थी प्यानलका मिनराज भण्डारी ९ सय ७१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी प्रजातान्त्रिक प्यानलका गोकर्ण गिरीले ६ सय ३ मत पाउनुभयो । त्यस्तै खुल्ला उपाध्यक्षमा बामपन्थी प्यानलकै रुपबहादुर खत्री ८ सय ५६ मत प्राप्त गरी बिजयी हुँदा प्रतिद्वन्दी प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौपानेले ६ सय ९२ मत प्राप्त गर्नुभयो ।

महासचिव पदमा भने प्रजातान्त्रिक प्यानलका बिनिल केसी निर्वाचित हुनुभएको छ । प्रतिद्वन्दी केशब केसीले ५ सय ७ मत प्राप्त गर्नुभयो । त्यस्तै संघको सचिवमा खुशलराम शर्मा निर्वाचित भएका छन् । शर्माले ६ सय २२ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदमा देबबहादुर केसी १ हजार ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । पदाधिकारी मध्ये सहकोषाध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलका कमल गौतम ७ सय ३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन संयोजक प्रबिण लम्सालले जानकारी दिनुभयो ।

कुल १ हजार ८ सय ११ मतदाता मध्ये १ हजार ६ सय ५९ मत खसेको थियो । संघको नयाँ नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP