नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंकद्वारा सर्वाधिक ब्याजदरसहितको दुईवटा नयाँ बचत खाता सार्वजनिक
सिभिल बैंकद्वारा सर्वाधिक ब्याजदरसहितको दुईवटा नयाँ बचत खाता सार्वजनिक
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १, २०७८ बागेश्वरी पोस्ट
सिभिल बैंकद्वारा सर्वाधिक ब्याजदरसहितको दुईवटा नयाँ बचत खाता सार्वजनिक

नेपालगन्ज । सिभिल बैंकले सर्वाधिक ब्याज दिनेगरी दुईवटा नयाँ बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले ‘सुपर प्रिमियम बचत खाता’ र ‘खुत्रुके खाता ९रिकरिङ डिपोजिट०’ योजना आज शुक्रबार सार्वजनिक गरेको हो ।

न्यूनतम मौज्दात २५ हजार रूपैयाँ ‘सुपर प्रिमियम बचत खाता’मा बैंकले वार्षिक ६ दशमलव ०१ प्रतिशत ब्याज प्रदान गर्ने छ । साथै मेटलाइफसँगको सहकार्यमा बैंकले ६ वटा घातक रोगहरूको दुई लाख रूपैयाँसम्मको निःशुल्क बीमा समेत यो योजनामा उपलब्ध गराएको छ ।

बीमाअन्तर्गत जोखिम वहन हुने रोग मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज छन् । उल्लेखित रोग लागेको खण्डमा बीमामार्फत निःशुल्क औषोधपचारको सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो योजनामा बैंकले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ लगायत सेवा पनि निःशुल्क हुने पनि जनाएको छ ।

त्यसैगरी ‘खुत्रुके खाता (रिकरिङ डिपोजिट)मा अन्य बैंकहरूले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरूमाजस्तो शर्त तथा बन्देजहरू नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि १० वर्षसम्मको अवधि चयन गर्न पाउने छन् । मासिक न्यूनतम  ५०० रूपैयाँदेखि माथि जति पनि रकम सञ्चय गर्दै जान सकिने छ ।

कुनै महिनामा कुनै कारणवश जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समयसीमापश्चात साँवा तथा ब्याजको एकमुष्ठ भुक्तानी पाउने बैंकले जनाएको छ । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्राप्त हुने पनि बैंकले जानकारी दिएको छ ।

केही कारण बचत अवधि पूरा नुहँदै रकम आवश्यक भएमा सञ्चित रकमको ७० प्रतिशतसम्म बिनाधितो ऋण प्रदान गरिने पनि बैंकले जनाएको छ । ऋण निकाल्दा कुनै झण्झट नहुने बैंकको भनाइ छ ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८ दशमलव ७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आइरहेको जनाएको छ । विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरूद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाइलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको बैंकको भनाइ छ । यो योजनाले ग्राहक लाभान्वित हुने विश्वास बैंकले गरेको छ ।

बैैंकका प्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्टका अनुसार जेठ मसान्तसम्म निक्षेपतर्फ रू. २८.७९ अर्ब ९४७.८८ ५० र कर्जा तर्फ रू. २९.७६ अर्ब (५५.२८%) वृद्धि गर्न बैंक सफल भएको छ । सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरूको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको विष्टको दाबी छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
पौवा स्वाद उत्सव सुरु
पौवा स्वाद उत्सव सुरु
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP