नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो छ सुरक्षा निकायको चुनावी रिपोर्टको आँकलन...
यस्तो छ सुरक्षा निकायको चुनावी रिपोर्टको आँकलन...
banijya office RSG-2
एजेन्सी
बुधबार, कात्तिक ३०, २०७९ एजेन्सी
यस्तो छ सुरक्षा निकायको चुनावी रिपोर्टको आँकलन...

नेपालगन्ज । चुनावी परिणामबारे अनेकन अड्कलबाजी र अनुमान गरिए पनि सुरक्षा स्रोतले यसपटक कुनै पनि पार्टीको अपेक्षित सिट संख्या नआउने आँकलन गरेको छ । 

आगामी आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी नतिजाको सुरक्षा स्रोतले पूर्वानुमान गर्दै प्रधानमन्त्री र मुख्य सचिवलाई बुझाएको रिपोर्ट अनुसार कुनै पनि दलको अपेक्षित सिट संख्या नपुग्ने जनाएको हो । 

सुरक्षा स्रोतले देशभरबाट गरेको सर्वेक्षण अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्र मध्येको करिब ४० क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको र निर्वाचन परिणाम यसैले जित्ला भनेर भन्न नसकिने अवस्था रहेको तथा मतदाता पनि नखुलेका कारण केही भन्न सक्ने अवस्था नभएको जनाएको छ । 

राष्ट्रिय अनुसन्धान विभागले बुझाएको रिपोर्टमा प्रदेश १ का १०, मधेस प्रदेशका ६, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका २, लुम्बिनी प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका २ निर्वाचन क्षेत्रको चुनावी प्रतिस्पर्धा कडा हुने जनाएको छ । 

नेपाली कांग्रेसबाट नेता धनराज गुरुङ, सुजाता कोइराला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, माओवादी केन्द्रबाट ओनसरी घर्ती, चक्रपाणि खनाल, एमालेबाट ईश्वर पोखरेल, एलपी सावा लिम्बु, सुरन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, पद्मा अर्याल, लेखराज भट्ट, राप्रपाबाट विक्रम पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको चुनावी प्रतिस्पर्धाको बारेमा निकायको रिपोर्ट मौन रहेको स्रोतको दाबी छ । 

उनीहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धाका क्रममा रहेको सुरक्षा स्रोतको पछिल्लो रिपोर्टमा उल्लेख छ । प्रदेश १ का २८ निर्वाचन क्षेत्र मध्ये १० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने सुरक्षा स्रोतको रिपोर्ट छ । 

झापा ४ मा कांग्रेस र एमालेका उम्मेदवारका वीचमा कडा प्रतिस्पर्धा हुने उल्लेख छ । भोजपुर १ मा माओवादी र एमाले, धनकुटा १ मा कांग्रेस र एमाले, मोरङ २ मा कांग्रेस र एमाले, मोरङ ४ मा एमाले र माओवादी, मोरङ ५ मा माओवादी र जसपा तथा सुनसरी ३ मा एमाले र कांग्रेसका बीचमा कडा प्रतिस्पर्धा स्रोतको दाबी छ । 

मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्र मध्ये ६ निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको र चुनावी परिणाम यसै भन्न नसकिने अवस्थामा रहेको सुरक्षा स्रोतको रिपोर्टमा उल्लेख छ । 

मधेस प्रदेशका सिराहा ३ मा माओवादी र एमाले, सर्लाही ४ मा कांग्रेस र स्वतन्त्र उम्मेदवार अमरेश सिंह, बारा ३ मा त्रिपक्षय प्रतिस्पर्धा हुने रिपोर्टमा छ । त्यस क्षेत्रमा एमाले, जसपा र लोसपाका बीचमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको उल्लेख छ ।

पर्सा १ मा जसपा र स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीका बीचमा प्रतिस्पर्धा र पर्सा ३ मा एमाले र कांग्रेसका बीचमा प्रतिस्पर्धा छ । 

बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये ११ निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको सुरक्षा स्रोतको रिपोर्टमा छ । 

बागमती प्रदेशको दोलखामा माओवादी र एमाले, काठमाडौं १ मा कांग्रेस र राप्रपा, काठमाडौं २ मा एमाले र माओवादी, काठमाडौं ३ मा कांग्रेस र एमाले काठमाडौं ५ मा एमाले र कांग्रेस, ललितपुर १ मा कांग्रेस र एमाले, ललितपुर २ मा नेकपा एकीकृत समाजवादी र एमाले सिन्धुपाल्चोक २ मा कांग्रेस र एमाले, चितवन १ मा कांग्रेस र एमाले, चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने सुरक्षा रिपोर्टमा छ । 

चितवन २ मा कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका वीचमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको सुरक्षा स्रोतको रिपोर्टमा छ ।

चितवन ३ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा रहेको उल्लेख छ । त्यस क्षेत्रमा माओवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारका वीचमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको रिपोर्ट छ । गण्डकी प्रदेशको एउटा मात्रै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको सुरक्षा रिपोर्टमा छ । 

स्याङजा २ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा अर्यालका बीचमा प्रतिस्पर्धा रहेको उल्लेख छ । विभागले दिएको रिपोर्टमा अधिकांश क्षेत्रमा कांग्रेस एमालेबीचमै प्रतिस्पर्धा हुने स्रोतले जनाएको छ । हाम्राकुरा


प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान
बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान
बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट
बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट
एमाले उम्मेदवारहरु नरैनापुर पुगे, इश्तियाक राईले मागे सूर्य ढकालका लागि भोट
एमाले उम्मेदवारहरु नरैनापुर पुगे, इश्तियाक राईले मागे सूर्य ढकालका लागि भोट
महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै
महेन्द्र पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP