prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक उत्पादनको बजारीकरणमा जोड दिन आबश्यक छ: मन्त्री रिजाल
आन्तरिक उत्पादनको बजारीकरणमा जोड दिन आबश्यक छ: मन्त्री रिजाल
banijya office
बागेश्वरी पोस्ट
आइतबार, भदौ २४, २०८० बागेश्वरी पोस्ट
आन्तरिक उत्पादनको बजारीकरणमा जोड दिन आबश्यक छ: मन्त्री रिजाल

पर्सा । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन्। 

nepalgunj 081-082

मन्त्री रिजालले उद्योग ब्यवसायले गति नलिएसम्म आर्थिक रुपान्तरण हुन नसक्ने बताउँदै यसले मुलुक समृद्धीको बाटोमा लम्कीन नसक्ने बताए । मन्त्री रिजालले आईतबार बीरगन्जमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले  आयोजना गरेको बाणिज्य नीति मस्यौदाका सम्बन्धमा मघेस प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गदैँ यस्तो बताएका हुन्  । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य शृंखला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति २०७२ लाई समसामयिक परिमार्जन गर्ने तयारी थालेको छ। यस्तै, मन्त्रालयले वाणिज्य नीति मार्फत बजार विकास गर्ने, मूल्य श्रृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपाभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागेको हो । 

मन्त्राललयले नयाँ वाणिज्य नीति २०८०को मस्यौदा तयार गरि सरोकारवालाहरुसँग छलफल अगाडि बढाएको  हो । मन्त्रालयले वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा प्रदेश स्तरीय छलफलको क्रममा मधेश प्रदेशको वीरगंजमा छलफल गरेको हो । छलफलमा मन्त्री रिजालले स्थिर सरकार नबन्दासम्म उद्योग वाणिज्य क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्न कठिनाई हुने बताए । पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँनु हुदै मन्त्री रिजालले स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरे । 

मन्त्री रिजालले परिस्थिति बस मुलुकले राजनीतिक रुपमा धेरै उतारचढाव हेरी सकेकोले अबका दिन आर्थिक बिकास र निमार्णको रुपमा अघि बढनुपर्नेमा जोड दिएका थिए । सरकारले उद्योग ब्यापार गर्ने होईन सहजिकरणसम्म गरि दिने हो भन्नु हुदै मन्त्री रिजालले उद्योग ब्यापार नीजि क्षेत्रले नै गर्ने हो र जसका लागि सहजिकरण गर्न सरकार तैयार रहेको बताए । सरकारका तर्फबाट हुने सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तैयार रहेको स्पष्ट पार्नु हुदै मन्त्री रिजालले दुबिधामा नपर्न आग्रह गरेका छन् ।

उद्योगि ब्यापारी माथि शङ्का उपशङ्का एंव नकारात्मक दृष्टिीकोणले हेर्नेहरुलाई ब्यवसायीहरुले ब्यापार गरेर सहज रुपमा पैसा कमाउनु भन्दा मेहनत गरेर राष्ट्रलाई सहयोग गर्न समेत मन्त्रि रिजालले सुझाव दिए ।

त्यसगरी  उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मधुकुमार मरासनिले मुलुकको स्रोत साधन र कृषि क्षेत्रको उपयोग गर्ने गरि पुर्वाधारको क्षेत्रमा सरकारले समुचित ध्यान नदिएकोले आयातले प्रोत्साहन पाएको बताए ।  आयातलाई निरुत्साहित गर्दै उत्पादनमा  सुधार गर्दै कृषि उपजका सामग्रिले प्रोत्साहन पाउने गरि बाणिज्य नीति बनाउन सातै प्रदेशमा छलफल कार्यक्रम राखिएको जानकारी दिए। 

छलफलमा वाणिज्य नीतिले आन्तरिक तथा वैदेशिक व्यापार दुवैलाई ध्यान दिई व्यापारलाई प्रभाव पार्ने तत्वहरुको सुक्ष्म विश्लेषण गरी व्यापारको माध्यमवाट आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण जस्ता विषयमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिए । एकपटक तर्जुमा भएको वाणिज्य नीतिले मुलुकभित्र हुने राजनैतिक, शासकीय र कानुनी परिवर्तन, अन्तराष्ट्रिय रुपमा घटने घटनाक्रम, आर्थिक, सामाजिक तथा प्राविधिक क्षेत्रमा हुने परिवर्तन र उपभोक्ताको रुचीमा हुने परिवर्तनलाई समेटन नसक्ने भएकाले ती परिवर्तनलाई आत्मसात गर्दै नीतिको समयानुकुल परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ । 

नेपालमा विगतमा तर्जुमा भएका वाणिज्य नीतिले आन्तरिक व्यापार भन्दा अन्तर्राष्ट्रिय व्यापार र सेवा निर्यात भन्दा वस्तु निर्यातलाई धेरै जोड दिएको भन्दै मन्त्रालयले नयाँ नीति अवलम्बन गर्न लागेको हो । मन्त्रालयले वाणिज्य नीतिको प्राथमिक दृष्टिकोण सक्षम, कुशल र प्रभावकारी आन्तरिक आपूर्ति तथा मूल्य शृंखला निर्माण गर्दै क्षेत्रीय तथा वैश्विक मुल्य शृंखलामा व्यापारको माध्यमबाट लाभदायी सम्बन्ध स्थापित गर्नेमा जोड दिएको छ । 

बदलिँदो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवेश, कोभिड महामारी, अतिकम विकसित मुलुकवाट स्तरोन्नति, संवैधानिक, नीतिगत तथा कानूनी प्रावधानमा भएका परिवर्तन समेतलाई ध्यान दिई विद्यमान वाणिज्य नीतिमा समयानुकुल परिमार्जन गर्दै नयाँ वाणिज्य नीति तर्जुमा गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

र्कायक्रममा मघेस प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, बीरगनज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको सहभागिता रहेको थियो । 

त्यसैगरी, मघेस प्रदेशका उद्योग बाणिज्य सङघका अध्यक्ष अशोक टेमानी, प्रदेश नीति आयोगका सदस्य हरिशंकर साह, बीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल पटवारी, बरिष्ठ उपाध्यक्ष हरि गौतम, जितपुर सिमरा उद्योग बाणिज्य सङ्का अध्यक्ष मोहन शर्मा लगायतले आ-आफना धारणा राखेका थिए ।


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP