नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न
RSG-2
संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी प्रदान गर्न माग
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १७, २०८० बागेश्वरी पोस्ट
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न

बुटवल । नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।

सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे । ‘संघिय लोकतान्त्रिक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउनुपर्यो । स्थानीयलाई क्रियाशील बनाउने र  निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ ।’ उनले भने-‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौ ।' प्रदेश सभापति पुनले संघिय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायनमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको जानकारी दिए । 

प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ भन्ने सुझाब सम्मेलनमा उठेको छ । मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखि वडा संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए । 

कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ । पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वत: प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

शनिवार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो । बन्दसत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल भएको थियो । समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाब व्यक्त गरेका थिए । समूहगत छलफलका सुझाबहरु समूहका नेताहरुले बन्द सत्रमा पेश गरेका थिए । प्राप्त सुझाबलाई समेत समेटिने गरी प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो । सम्मेलनको शनिवार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय बढीको सहभागिता थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP