prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किसानसंग जोडिँदै पशु सेवा शाखा
किसानसंग जोडिँदै पशु सेवा शाखा
banijya office
गौरब गिरी
सोमबार, जेठ २८, २०८१ गौरब गिरी
किसानसंग जोडिँदै पशु सेवा शाखा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का खगेन्द्रप्रसाद न्यौपाने शुद्ध गोरस दुग्ध उत्पादक सहकारी संस्था चलाउँछन् । उनी यसको अध्यक्ष हुन् । यो सहकारीमा ३२० किसान आबद्ध छन् । ती मध्ये १५१ जना पशुपालक किसानले दुध उत्पादन गर्दछन् । दैनिक ८०० देखि १००० लिटर दुध बजारमा खपत हुन्छ । उनीहरुको यो कर्ममा नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सघाएको पनि छ । पशु सेवा शाखाले उपलब्ध गराएको बर्सिम र जै घाँस शुद्ध गोरसले पनि पाएको छ अनि उनीहरुको घाँस उत्पादन कार्यमा केही टेवा पुर्याएको छ । तर, घाउँको बीउ थारै पाउने गरेको गुनासो उनको छ । पशु सेवा शाखाले सञ्चालन गर्ने पशुजन्य विभिन्न गतिवधिहरुबाट शुद्ध गोरसका किसानले कुनै न कुनै रुपमा लाभ लिइरहेका छन् । 

nepalgunj 081-082

May be an image of 3 people, people studying and text

नेपालगञ्ज राँझा विमानस्थल नजिकै महालक्ष्मी भैंसी फाराम सञ्चालन गरेकी निर्मला सापकोटा पनि पशु सेवा शाखाले विभिन्न सहयोग गरिरहेको बताउँछिन् । सापकोटा बेला बेलामा तालिम लिएको स्मरण गर्छिन् । पशुजन्य विभिन्न रोगका औषधि समेत पशु सेवा शाखाबाट आफूले पाएको उनको अनुभव छ । तर, घाँसको बीउमा कटौती गरिएकोमा भने उनको गुनासो छ । बर्षेनी बढाउँदै लैजानुपर्ने परिमाण घटेको उनी बताउँछिन् । किसानलाई लाभ पुग्ने गरी अझै अन्य पशु कल्याणकारी कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गनुपर्ने उनको भनाई छ । खगेन्द्र र निर्मला जस्ता नगरका थुप्रै किसान पशु सेवा शाखाको सेवाबाट सन्तुष्ट त छन्, तर अझै सेवा विस्तार गर्न सके धेरै लाभ पुग्ने उनीहरुको बुझाई छ । यी त प्रतिनिधिमूलक पात्र मात्र हुन् । नगरका थुप्रै किसान पशु सेवा शाखासंग जोडिएका छन् । 

पशु सेवा शाखाले बार्षिकरुपमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दछ । हरेक आर्थिक बर्षमा विभिन्न क्रियाकलाप सञ्चालन हुन्छन् । चालू आर्थिक बर्ष २०८०/८१ म स्वच्छ मासु उत्पादन तालिम, बाख्रापालन तालिम, कुखुरापालन तालिम, निःशुल्क पशु स्वास्थ्य तथा परजिबी नियन्त्रण शिविर, बर्सिम र जै घाँस खरिद तथा वितरण कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम, गाईभैंसीमा भ्यागुते र चर्चरे रोगको खोप, भेडाबाख्रामा पीपीआर खोप, सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर लगायतका गतिविधिहरु सम्पन्न भएका छन् ।  

May be an image of 7 people, tree and text

पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही आफ्नो स्रोत साधन र सामथ्र्यले भ्याएसम्म किसानसम्म जोडिएर विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँछिन् । शाही किसानले प्रत्यक्ष र प्रत्यक्षरुपमा लाभ लिइरहेको दाबी समेत गर्छिन् । चालू आर्थिक बर्षमा वडा नम्बर १ र ४ का १५/१५ जना मासु व्यवसायीलाई स्वच्छ मासु कसरी उत्पादन गर्ने, उपभोक्ताको भान्सासम्म स्वच्छ मासु पुर्याउनका लागि के कस्ता सावधानी अपनाउने लगायतका विषयमा तीन दिनसम्म स्वच्छ मासु उत्पादन तालिम दिइएको छ । त्यसको प्रभाव मूल्यांकन गर्न तालिम दिइएको केही समयपछि स्थलगत अनुगमन समेत गरिएको छ । 

पशु सेवा शाखाले तीन दिने बाख्रापालन र कुखुरापालन तालिम पनि दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका ३०/३० जना किसानलाई तालिम दिइएको छ । यस्तै वडा नम्बर १४, २० र २३ मा निःशुल्क पशु स्वास्थ्य तथा परजिबी नियन्त्रण शिविर सञ्चालन गरेर करिब ५०० सय पशुको स्वास्थ्य जाँच गरिएको पशु स्वास्थ्य प्राविधिक अच्युत गौतम बताउँछन् । उनका अनुसार २३० वटा गाईभैंसीमा कृत्रिम गर्भाधान समेत गरिएको छ । 

May be an image of 1 person

गाईभैंसीलाई विभिन्न रोगहरुको प्रकोपबाट जोगाउन खोप अभियान पनि सञ्चालन गरिएको छ । शाखा प्रमख शाहीले भ्यागुते र चर्चरे रोगबाट गाईभैंसालाई बचाउन नगरका २० हजार पशुलाई खोप लगाइएको छ । यस्तै भेडाबाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध नगरका विभिन्न वडामा सञ्चालिन खोप अभियानबाट २५ हजार पशु प्रत्यक्ष लाभान्वित भएका छन् । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकले निश्चित अवधिसम्म भ्याक्सिनेटर नियुक्त गरेर खटाएको पनि थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या घटाउँदै रेबिज रोगको जोखिम कम गर्न प्रत्येक बर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर गरिरहेको छ । चालू आर्थिक बर्षमा पनि यो कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेर २३० वटा कुकुरहरुको बन्ध्याकरण गरिएको पशु स्वास्थ्य प्राविधिक गौतम बताउँछन् । किसानलाई घाँसको बीउ वितरण गर्न बर्सिम र जै घाँस खरिद गरिएको थियो । त्यसै अनुसार ३०० केजी जै र ११ केजी बर्सिम घाँसको बीउ वितरण गरिएको छ । बीउ पाउँदा किसान लाभान्वित देखिन्छन् । 

May be an image of 13 people and textMay be an image of 7 people and textMay be an image of 6 peopleMay be an image of 6 people and textMay be an image of 8 people and text


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP