Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीले दुई साता ढिला गरी ल्यायो बजेट, ६८ करोड २७ लाखको बजेट पारित
जानकीले दुई साता ढिला गरी ल्यायो बजेट, ६८ करोड २७ लाखको बजेट पारित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २६, २०८१ बागेश्वरी पोस्ट
जानकीले दुई साता ढिला गरी ल्यायो बजेट, ६८ करोड २७ लाखको बजेट पारित

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले ६८ करोड २७ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँको आयब्यय गाउँसभाको १६औं अधिवेशनबाट पारित भएको छ ।

अध्यक्ष छब्बन खाँले बजेट पुस्तिका रहेको ब्रिफकेस हस्तान्तरण गरेपछि उपाध्यक्ष यादवले बजेट वाचन गरकी थिइन् । त्यसअघि अध्यक्ष खाँको अनुमतिमा प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारलाई विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले बताए ।

जानकीले आगामी आर्थिक बर्षका लागि सशर्त अनुदानतर्फ संघीय सरकारबाट १९ करोड ७७ लाख र प्रदेश सरकारबाट ९० लाख रुपैयाँ प्राप्त गरेको छ । समानीकरणतर्फ संघीय सरकारको ११ करोड ९९ लाख र प्रदेश सरकारको ८२ लाख ३९ हजार बजेट छ । जानकी गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सबैभन्दा बढी वडा स्तरीय योजना (पूर्वाधार तथा चालु) तर्फ ५ करोड ४८ लाख, गाउँपालिका स्तरीय योजनामा ३ करोड ४० लाख, शिक्षामा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । 

गाउँसभाको १६औं अधिवेशनमा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नीति कार्यक्रममाथिको छलफलमा प्रबक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंहले भाग लिएका थिए । सभाको सञ्चालन कर्मचारी राजेन्द्र प्रसाद बाजपेयीले गरेका थिए । असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण जानकीले दुई साता ढिला गरी ल्याएको हो । 


प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP