नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कोहलपुरद्वारा कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम
कांग्रेस कोहलपुरद्वारा कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १६, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस कोहलपुरद्वारा कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम

नेपालगन्ज । नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिको आयोजना तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी कोहलपुर तथा नेपाली काँग्रेस वडा नं. ११ को व्यवस्थापनमा नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले बीपी कोइरालाले संकल्प गरेको नेपाली समाज निर्माणमा नेपाली काँग्रेस लाग्नुपर्ने बताउँदै बीपी बिचारलाई सबैले आत्मासाथ गर्नुपर्ने बताएका छन् । साथै उनले आगामी कार्तिक ३ मा हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवारहरुलाई बिजय गराउन सबै लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता, महासमिति सदस्य तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले नेपाली काँग्रेस नेपाली जनताको जीवनसँग जोडिएको बताउँदै नेपाली काँग्रेस पार्टीको नीति, बिचार र सिद्धान्तबाटै नेपाली समाजको रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेस बाँकेका उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, नेपाली काँग्रेस क्षेत्र नं. १ (ख) का प्रदेश सभापति बलराम शर्माले वर्तमान समयमा बीपीको बिचारसँग जनतालाई जोड्नुपर्ने बताएका छन् । साथै उनीहरुले काँग्रेसले मुलुकको परितर्वनमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको बताउँदै काँग्रेसले गरेका गतिविधिहरुका बारेमा जनतालाई जानकार बनाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर उद्योग वाणिज्य संघले आजसम्म गरेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघको कार्तिकमा हुने निर्वाचनका लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका प्रदिप भट्टराईले सम्पूर्ण व्यवसायीहरुले भोग्दै आएका विविध समस्यासँग आफू जानकार भएको बताउँदै व्यवसायीहरुका लागि लगानीमैत्री वातावरण निर्माणका लागि आफ्नो टिम लागि पर्ने बताएका छन् ।

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बिरेन्द्र कुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस कोहलपुर नगर सचिव बालकुमार शर्माले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP