prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल प्रेस युनियन बाँके शाखाको वार्षिक साधारण सभा सम्पन्न
नेपाल प्रेस युनियन बाँके शाखाको वार्षिक साधारण सभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १५, २०८१ बागेश्वरी पोस्ट
नेपाल प्रेस युनियन बाँके शाखाको वार्षिक साधारण सभा सम्पन्न

nepalgunj 081-082

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलोपटक वार्षिक साधारण सभा गरेको हो । युनियनको इतिहासमा यसअघि वार्षिकरुपमा साधारण सभा भएको थिएन । साधारणसभा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले व्यवसायिक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व महासचिव एवं नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजिन्द्र विक, युनियनका अग्रेज नेता निरज गौतम, युनियन बाँकेका पूर्व अध्यक्ष जयनारायण शाहले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको उद्घाटन सत्रमा सचिव भिष्म लोधले युनियनको एक वर्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष खडक बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै उद्घाटन सत्रपछि भएको बन्दसत्रमा सांगठनिक पक्ष र आगामी कार्यदिशाबारे ब्यापक छलफल भएको छ । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, सचिवालय सदस्य गौरव गिरी, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य रबिन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष एवं ठकुरी पत्रकार संघ बाँके अध्यक्ष करुणा शाह, युनियनका अग्रज रुपन ज्ञवाली, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रहलाद बिश्वकर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP