prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले लुम्बिनीले बनायो संगठन सुदृढीकरण नीति
एमाले लुम्बिनीले बनायो संगठन सुदृढीकरण नीति
RSG-2
विभिन्न जिल्लाबाट २९ जना नयाँ प्रदेश सदस्य मनोनित
बागेश्वरी पोस्ट
बुधबार, माघ १६, २०८१ बागेश्वरी पोस्ट
एमाले लुम्बिनीले बनायो संगठन सुदृढीकरण नीति

नेपालगञ्ज । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ । नेपालगञ्जमा सम्पन्न दुई दिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्तर्गत तीन महिले अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा छ वटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

paribartan 1

बैठकमा पार्टीका सबै जिल्ला तथा पालिकास्तरमा प्रचार डेस्क स्थापना गर्ने र कार्यकर्तालाई विभिन्न क्षेत्रमा सेवा प्रवाहका लागि विशेषज्ञ डेस्क बनाउने निर्णय गर्नुका साथै स्थानीय तहबाटै विकास आयोजना छनोट गर्ने विधि निर्माण गरी पार्टीका इन्चार्जहरू नागरिकका समस्यासँग प्रत्यक्ष जोडिने नीति अख्तियार गरिएको जनाइएको छ । त्यसैगरी भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, गरीब नागरिकका लागि आधारभूत घर निर्माण गर्ने अभियान अघि बढाउने, विकासका कामहरूलाई प्रभावकारी प्रचार गर्ने तथा प्रत्येक विकासे संस्थाले गरेको कार्यको श्वेतपत्र जारी गर्ने व्यवस्था मिलाउने कुरामा बैठकले जोड दिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक उपाय अपनाइने तथा संगठन निर्माणलाई अझ प्रभावकारी बनाइने निर्णय गरिएको छ । बैठकमा पार्टी केन्द्रीय सचिव प्रदेश इन्चार्ज पद्यमा अर्यालले अहिले सामाजिक अराजकताले चुनौती सिर्जना गरेको भन्दै योजनाबद्ध आक्रमणको सामना गर्न सबै कार्यकर्ता दृढ भएर लाग्नुपर्ने बताइन् । पार्टी निर्माण भावनात्मक रूपमा नभई एजेन्डामा आधारित भएर गर्नुपर्ने उनको भनाई थियो ।

पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीले २५ वर्षभित्र नेपाललाई समृद्ध बनाउने तथा एमालेलाई राष्ट्रिय शक्ति बनाउने संकल्प लिएको बताए । पार्टीलाई सशक्त बनाउन पुराना कार्यकर्ताको सम्मान गर्दै संगठन निर्माण गर्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने र वडास्तरमा जनसेवा केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने धारणा उनले राखे । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारलाई मात्र दोष लगाउने प्रवृत्ति त्यागेर काम गर्ने संस्कृति विकास गर्नुपर्ने बताए । वार्षिक योजनासँगै त्रैमासिक तथा चौमासिक समीक्षाको आवश्यकतामा उनले जोड दिए । संगठन विस्तारका क्रममा प्रभावशाली युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्ने उनको सुझाव थियो ।

बैठकले विभिन्न जिल्लाबाट नयाँ प्रदेश सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ । २९ जना सदस्यमा मनोनित नयाँ प्रदेश सदस्यहरूमा दाङबाट कृष्ण भुषाल, गोविन्द आचार्य, रामप्रसाद गैरे, वृहस्पति श्रेष्ठ, रोल्पाबाट गंगाराम बुढा, रूपन्देहीबाट जोगलाल विक, युवराज घिमिरे, मधुकला कुँवर, अब्दुल रहमान, कपिलवस्तुबाट विश्राम चौधरी, लंक हमाल, भगवानदास चौधरी, अब्दुल रहमान खान,  बर्दियाबाट टिका सम्सेली, रामसोहन चौधरी,  बाँकेबाट भुमिसरा धिताल, रामकुमार दिक्षित, प्युठानबाट धनबहादुर रायमाझी, तुलसी शर्मा, पुरन गुरुङ, रुकुम पुर्वबाट भावना बुढाथोकी अर्घाखाँचीबाट ईश्वरा पोखरेल, सरोज भुसाल, सिद्दि भुसाल, गुल्मीबाट सावित्रा आचार्य, चेतन बस्नेत, चिन्तामणि पाण्डेय, पाल्पाबाट नारायण जिसी, नारायण आचार्य छन् ।
 


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP