नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले मनायो १८औं स्थापना दिवस 
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले मनायो १८औं स्थापना दिवस 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २१, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले मनायो १८औं स्थापना दिवस 

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले आफ्नो १८औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गणका एसपी शोभाकान्त खनालको अध्यक्षता, सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यावासिनी बाहिनी प्रमुख डीआइजी प्रदीप कुमार पालको प्रमुख आतिथ्यता तथा नेपालगञ्जका मेयर प्रशान्त बिष्टको विशिष्ट आतिथ्यतामा आज नेपालगञ्जस्थित गणमा आयोजित स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ ।

स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डीआइजी पालले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए । साथै डीआइजी पालले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा र राजस्व संकलनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी ढंगले संगठनको उद्देश्य प्राप्तिको लागि उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी नम्बर ३० गणका गणपतिसहित सकल दर्जालाई निर्देशन दिएका थिए ।

कार्यक्रममा नेपालगञ्जका मेयर बिष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सीमा सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले पुऱ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नम्बर ३० गणले अझ बढी कटिबद्ध र ब्यवसायिक भएर जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिइरहने विश्वास लिएको बताएका थिए ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणका अनुसार स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य र बिभिन्न विधातर्फको खेलमा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा वि.सं. २०८१ मा अवकाशमा गएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको कार्यक्रममा शहिद परिवार, पूर्व सशस्त्र प्रहरी, गण तथा मातहतमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार सशस्त्र प्रहरी कर्मचारी तथा जवानहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । त्यस अवसरमा केक समेत काटिएको थियो । 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP