prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गणले मनायो २४औं स्थापना दिवस
सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गणले मनायो २४औं स्थापना दिवस
banijya office
बागेश्वरी पोस्ट
आइतबार, चैत २४, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गणले मनायो २४औं स्थापना दिवस

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगञ्ज बाँकेले आफ्नो २४औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति एसपी प्रमोद कुमार भारतीको अध्यक्षता, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति डीआइजी प्रदीप कुमार पालको प्रमुख आतिथ्यता तथा कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको विशिष्ट आतिथ्यतामा शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगञ्जस्थित गणमा स्थापना दिवस भब्य समारोहका बीच मनाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणले जानकारी दिएको छ ।

nepalgunj 081-082

May be an image of 5 people, dais and text

स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डीआइजी पालले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणले राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए । साथै डीआइजी पालले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलन तथा विपद व्यवस्थापनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी ढंगले संगठनको उद्देश्य प्राप्तिको लागि उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपतिसहित सकल दर्जालाई निर्देशन दिएका थिए ।

May be an image of 1 person and text that says 'PTLINGA (प्रदिप कुमार पाल) प्रमुख अतिथि सशखव प्रहरी नायव महानिरीक्षक'

कार्यक्रममा कोहलपुर नगर प्रमुख आचार्य, राप्तीसोनारी अध्यक्ष पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सीमा सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेले पुऱ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणले अझ बढी कटिबद्ध र ब्यवसायिक भएर जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिइरहने विश्वास लिएको बताएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका अनुसार स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने र बिभिन्न विधातर्फको खेलमा विजयी हुने तथा रक्तदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा अवकाशमा गएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

May be an image of 6 people, dais and text

बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको कार्यक्रममा सशस्त्र प्रहरी बल नौवस्ता शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठ, नम्बर ३० गण बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगी लगायत शहिद परिवार, पूर्व सशस्त्र प्रहरी, गण तथा मातहतमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार सशस्त्र प्रहरी कर्मचारी तथा जवानहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण बाँकेले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि डिआइजी पालले शान्तिको दुत परेवा उडाउनुका साथै केक पनि काटेका थिए ।

May be an image of 9 people, dais and text

त्यस्तै प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट अमर सशस्त्र प्रहरी सहिदहरुप्रति सम्मान प्रकट गर्दै सहिद स्मारकमा पुष्पगुच्छा अर्पण र बृक्षारोपण पनि गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि पाललाई गणपति भारतीले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर डिसीले गरेका थिए । 

May be an image of 3 people and text

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्जले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मातहतका विभिन्न सुरक्षा बेश तथा सीमा इकाईहरुमा जनशक्ति एवम् बन्दोबस्ती सपोर्ट गर्नुका साथै सशस्त्र प्रहरी बल नेपालको रिजर्भ फोर्सको रुपमा परिचालन हुँदै आएको छ । गणमा गोताखोर तालिम प्राप्त जनशक्ति सहितको लुम्बिनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिम समेत रहेको छ । यो गणको स्थापना वि.सं. २०५७ साल चैत २३ गते भएको थियो । 

May be an image of 5 people, crowd and textMay be an image of 6 people, dais and textMay be an image of 8 people and daisMay be an image of 6 people, dais and textMay be an image of 2 people, beard and textMay be an image of 5 people, dais and textMay be an image of 3 people and textMay be an image of 1 person and textMay be an image of 3 people and text


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP