नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेबाट ५६ फरार प्रतिवादी पक्राउ पर्दा ३७ सय २० सवारीसाधन कारबाहीमा
बाँकेबाट ५६ फरार प्रतिवादी पक्राउ पर्दा ३७ सय २० सवारीसाधन कारबाहीमा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २, २०८२ बागेश्वरी पोस्ट
बाँकेबाट ५६ फरार प्रतिवादी पक्राउ पर्दा ३७ सय २० सवारीसाधन कारबाहीमा

बाँके । जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा ५६ जना फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका फरार प्रतिवादीबाट ५ बर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार ७०८ रुपैयाँ जरिवाना असूल उपर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत चैत महिनाको अवधिमा प्रहरीले ५६ फरार प्रतिवादी पक्राउ गर्ने क्रममा सोही महिनामा १३ लाख ५९ हजार ३५० रुपैयाँ  बराबरको भारतबाट भन्सार छलीको गरेर ल्याइएको अवैध सामग्री  बरामद गरेको छ ।

त्यस दौरानमा प्रहरीले अवैध तस्करीमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको थियो भने ओसारपसारमा प्रयोग भएको एउटा जीप र ३ वटा मोटरसाइकल पनि बरामद गर्दै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जनाएको छ । 

सोही अवधिमा मात्रै बाँके प्रहरीले अबैध रुपमा भारतबाट ल्याइएको करीब ३ लाख ४ हजार ६३५ रुपैयाँको बोइलर कुखुरा र मासु बरामद गरेर आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधि (चैत) मा  दर्ता भएका १५८ वटा मुद्दातर्फ १ सय ९३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने उक्त अवधिमा पेण्डिङ रहेका ५२ वटा मुद्दाहरुलाई फर्छ्यौट  गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । साथै बाँके प्रहरीले ठाडो उजुरीतर्फ परेको ५ सय ९३ निवेदनमा ५ सय २५ निवेदन फर्छ्यौट भएका छन् भने ६८ निवेदन अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाभरमा ३ हजार ७२० वटा सावरी साधनलाई कारवाही गर्दै २९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ भने त्यस अवधिका ७१ वटा सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु हुँदा १ सय २० जना घाइते भएका छन् । चैत महिनामै बाँके प्रहरीले अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा टिपर र ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर ८ हजार रुपैयाँँ जरिवाना गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । 

लागूऔषधविरुद्धको कारबाहीमा गत चैत महिनामा १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेससहित १६ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ६ वटा मोटरसाइकल र २६ वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने सामाजिक संजाल प्रयोग गरी फिरौती माग्ने १ जना पक्राउ गरी कानूनी दायरामा ल्याइएको र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरी बाँकेले १ सय ४१ वटा सचेतनामूलक कार्यक्रम गरेकोमा लैङ्गिक हिंसा, लागूऔषध सम्बन्धि सचेतना, आत्महत्या न्यूनीकरण सम्वन्धि सचेतना, अल्पसंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको थियो भने ट्राफिक प्रहरीतर्फ २ सय २ पटक लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट लगायतका बारेमा सचेतना दिइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरी भित्रको आन्तरिक सुदृढीकरण प्रयासतर्फ प्रहरी चौकी साईगाउँमा कम्प्युटर प्रणालीमा कार्य सुरु गरिएको छ । जिल्लाभरको २०८१ चैत महिनाको उत्कृष्ट प्रहरी इकाई अफ द मन्थ प्रहरी चौकी फत्तेपुर 'ख' र प्रहरी चौकी बेलभार घोषित भएका छन्  भने उक्त अवधिका उत्कृष्ट कार्य गर्ने दुई प्रहरी कर्मचारी पुरस्कृत हुँदा आचरण बिपरीत कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई बिभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP