prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीको नं. ३१ गणले मनायो १८ औं स्थापना दिवस, गरिएको थियो विभिन्न कार्यक्रम
सशस्त्र प्रहरीको नं. ३१ गणले मनायो १८ औं स्थापना दिवस, गरिएको थियो विभिन्न कार्यक्रम
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १८, २०८२ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीको नं. ३१ गणले मनायो १८ औं स्थापना दिवस, गरिएको थियो विभिन्न कार्यक्रम

बर्दिया  । सीमा सुरक्षा र आन्तरिक सुरक्षामा तल्लीन सशस्त्र प्रहरी बल नं. ३१ गण  बर्दियाले  आफ्नो १८ औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । 

nepalgunj 081-082

सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासिनी बाहिनी प्रमुख डीआईजी प्रदीप कुमार पालको प्रमुख आतिथ्यता तथा  सशस्त्र प्रहरी बल नं. ३१ गणका एसपी मानबहादुर शाहीको  अध्यक्षतामा बुधबार गुलरियास्थित गणमा आयोजित स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नं.३१ गणले जानकारी दिएको छ ।

स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी पालले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाले राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए ।

साथै डीआईजी पालले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, आन्तरिक सुरक्षा र राजस्व संकलनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी ढंगले  संगठनको उद्देश्य प्राप्तिको लागि उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी नं. ३१ गणका गणपतिसहित सकल दर्जालाई निर्देशन दिएका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुले बर्दियाको सीमा  सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाले पुऱ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नं. ३१ गणले अझ बढी कटिबद्ध र ब्यवसायिक रही जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिइरहने विश्वास लिएको बताएका थिए ।

'अन्तर्राष्ट्रिय सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा, सीमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, अबैध चोरी निकासी पैठारी बरामद मात्र नभई जिल्लाभित्र जंगली जनावरहरुको आक्रमण, विभिन्न प्रकोप, दुर्घटनाहरुमा नागरिकको जीउधनको सुरक्षाको लागि अहोरात्र परिचालित भई समस्त बर्दिया जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम राख्नमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको' ३१ नं. गण प्रमुख एसपी शाहीले १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै सो कुरा उल्लेख गरेका थिए  ।

सशस्त्र प्रहरी बल नं. ३१ गणका अनुसार केक काट्नुका साथै बेलुन उडाएर सुरु गरिएको स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र बिभिन्न विधातर्फको खेलमा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

स्थापना दिवस कार्यक्रममा गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादव, मधुवन नगरपालिकाका मेयर तेजुलाल भाट, ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्साल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सुरक्षा निकाय प्रमुख, अन्य स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, पत्रकार, शहिद परिवार, पूर्व सशस्त्र प्रहरी, गण तथा मातहतमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार सशस्त्र प्रहरी कर्मचारी तथा जवानहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाले जनाएको छ ।

सशस्त्र प्रहरी नं. ३१ गणका अनुसार कार्यक्रममा बिभिन्न साँस्कृतिक झलक समेत देखाइएको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP