नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई, परिचयपत्र अनिवार्य
भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई, परिचयपत्र अनिवार्य
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २७, २०८२ बागेश्वरी पोस्ट
भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई, परिचयपत्र अनिवार्य

नेपालगञ्ज । भारत र पाकिस्तानबीच पहलगाम हमलापछि युद्ध चर्किँदै गएपछि नेपाल-भारत सीमामा दुबै तर्फबाट निकै कडाई गरिएको छ । सम्भावित घुसपैठ हुन सक्ने भन्दै नेपालगञ्जस्थित जमुनाहा नाका र जिल्लाका सबै अन्य साना नाकाहरुमा सुरक्षामा कडाई बढाउँदै नाकाबाट आवागमन गर्ने नेपाली तथा विदेशीहरूका लागि सशस्त्र प्रहरीले अनिवार्य परिचयपत्र लागू गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म जयसपुरका डीएसपी महेश केसीले सीमा नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशन बमोजिम सुरक्षा कडा पारिएको बताउँदै परिचय खुल्ने कागजात बोकेकालाई मात्रै नेपाल-भारत आउजाउ गर्न दिइएको बताए । नेपाल बाहेकका नागरिकलाई विशेष सोधपुछपछि परिचय खुल्ने कागजात हेरेर मात्र इन्ट्री गर्दै गन्तव्यमा पठाउने गरेको डीएसपी केसीले बताए ।

यसअघि नै भारतीय सशस्त्र बल (एसएसवी) ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय नागरिकहरूको अनिवार्य परिचयपत्र हेर्दै आएको थियो । हाल आएर जमुनाहा भएर नेपाल भारत आउने जानेलाई सशस्त्र प्रहरीले नाकामा परिचयपत्र हेर्न थालेको हो । डीएसपी केसीका अनुसार अहिले नेपाल आउने तथा भारत जाने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ ।

गलत नियतले कसैको पनि नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचयपत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको केसीले बताए । यसअघि नै परिचय खुल्ने कागजात भएकालाई मात्र भारत प्रवेश गर्न र नेपाल आउन दिँदै आएको भारतीय सुरक्षा निकाय एसएसबीले अहिलेको अवस्थामा नाकामा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरबाट हरेकको चेकजाँच गराएर मात्र आवागमन गर्न दिएको छ ।

नेपाल-भारत सीमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती तथा एकल गस्ती समेत सुरु गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । भारत र पाकिस्तानको द्वन्द चर्किएपछि भारतबाट जमुनाहा नाका भएर स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको डीएसपी केसीले बताए ।


प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP