नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताले मनायो २४औं स्थापना दिवस
सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताले मनायो २४औं स्थापना दिवस
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३, २०८२ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताले मनायो २४औं स्थापना दिवस

नौवस्ता (बाँके) । बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान तालिम शिक्षालयले शनिबार आफ्नो २४औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठको अध्यक्षता एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहालको प्रमुख आतिथ्यतामा स्थापना दिवस समारोह सम्पन्न भएको थियो । एआइजी दाहालले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै एआइजी दाहालले सशस्त्र प्रहरीलाई बदलिँदो समयमा देखा परेका नयाँ चुनौतीहरुको सबल ढंगले सामना गर्न सक्षम बनाउने गरी अघि बढेको बताएका छन् । उनले सशस्त्र प्रहरीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताए । नौवस्ता तालिम शिक्षालयले सशस्त्र प्रहरी जवान उत्पादनमा उल्लेखनीय भूमिका खेलिरहेको भन्दै अनुशासित, इमान्दार र कर्तब्यनिष्ठ भएर काम गर्न उनले मातहत सबैलाई निर्देशन दिए । 

कार्यक्रममा कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति डीआइजी दिपेन्द्र कुँवर, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपाली सेनाको ४ नम्बर बाहिनी इमामनगरका बाहिनीपति प्रशान्त विक्रम राणा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सशस्त्र प्रहरी जवान उत्पादनमा शिक्षालयले खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

May be an image of 7 people and text

सशस्त्र प्रहरी जवान शिक्षालय नौबस्ताका अनुसार स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने र बिभिन्न विधातर्फको खेलमा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै स्थापना दिवसको अवसरमा आयोजित हाजिरीजवाफ र बक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको कार्यक्रममा प्रमुख अतिथि एआइजी दाहालले शान्तिको दुत परेवा उडाउनुका साथ केक पनि काटेका थिए । 

May be an image of 6 people, dais and text

प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट अमर सशस्त्र प्रहरी सहिदहरुप्रति सम्मान प्रकट गर्दै सहिद स्मारकमा पुष्पगुच्छा अर्पण र बृक्षारोपण पनि गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि एआइजी दाहाललाई शिक्षालय प्रमुख श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।


प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP