नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा १ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ
बाँकेमा १ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ६, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा १ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट १ क्विन्टल बढी गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको टोलीले नेपालगन्ज-२२ स्थित कान्तितालबाट गएराति २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो । 

लागुऔषधको टोलीले नेपालगन्ज-१४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान र नेपालगन्ज-६ का २१ वर्षीय दिपेश चौरासियालाई कान्तितालबाट २ किलो ३५० ग्राम गाँजासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुसँग सोधपुछ गर्ने क्रममा उक्त गाँजा बिक्री गर्ने अर्कै व्यक्ति रहेको खुल्न आएको हो ।

प्रहरीले उनीहरुहरुले दिएको हुलिया अनुसार डुडुवा गाउँपालिका-४ का ५० वर्षीय भागिराम खटिकलाई तत्काल नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका खटिकको घर खानतलासी गर्ने क्रममा प्रहरीले थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीले नेपालगन्ज नाका नजिकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र सोही स्थानका २७ वर्षीय सौरभ टमाटा रहेका छन् । 

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चन्द्रबहादुर  र सौरभलाई नेपालगन्ज-१५ जमुनाहाबाट रुपैडिहादेखि नेपालगन्ज आउँदै गरेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोमबार पक्राउ परेका उनीहरुसँग प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

त्यसैगरी नेपालगन्ज-१५ जमुनाहाबाट जुम्लाको चन्दननाथ नगरपालिका-१० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिवन्धित औषधिसहित प्रहरीले पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले न्यौपानेलाई ट्रामाडोल ५० ट्याबलेट र नाइट्रोभ्याट ७० ट्याबलेट गरी जम्मा १२० ट्याबलेट प्रतिवन्धित औषधिसहित पक्राउ गरेको हो । न्यौपानेलाई सोमबार दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP