prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ५, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार

नेपालगञ्ज । बाँकेमा लुम्बिनी प्रदेशमै पहिलोपटक समुदाय विपद् स्वयंसेवक तयार भएका छन् । सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जले जेठ १४ गतेदेखि पहिलो चरणको तालिम सुरु गरेको थियो ।

मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका २५ जना युवाहरूलाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक तयार पारिएको हो । स्थानीय तह र वडा स्तरमा विपद स्वयंसेवक तथा विपद सूचकहरू उत्पादन गर्ने नीति अनुसार तालिम दिइएको हो ।

तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोद कुमार भारतीको अध्यक्षता एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यतामा तालिम समापन समारोह सम्पन्न भएको थियो ।

May be an image of 9 people

अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका विपद्का हिसाबले जोखिमयुक्त भएकाले अझै यस खाले समुदाय विपद् स्वयंसेवक तयार गर्न जरुरी रहेको बताए । उनले सशस्त्र प्रहरीले पहिलोपटक उत्पादन गरेका स्वयंसेवकको क्रमिक क्षमता बृद्धि तथा प्रोत्साहनका कार्यक्रम गर्न तयार रहेको उल्लेख गरे । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शमशेरगञ्ज गणले समुदाय विपद् स्वयंसेवक उत्पादनमा गरेको योगदानको प्रशंसा गर्दै जिल्लाका हरेक जोखिमयुक्त इलाकाहरुमा यस्ता स्वयंसेवक उत्पादन गर्न आवश्यक रहेको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक भारतीले तालिमको औचित्यमाथि प्रकाश पार्दै आगामी दिनहरुमा समेत क्रमिकरुपमा जिल्लाका सबै स्थानीय तहहरुमा समुदाय स्वयंसेवक उत्पादन गर्न अघि बढ्ने बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जको आयोजना, राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा कारितास नेपाल र बी-ग्रुपको सहजीकरण र सहकार्यमा तालिम सञ्चालन भएको हो ।  

तालिममा नेपालमा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन सम्बन्धि जानकारी, मेडिकल फर्स्ट रेस्पोण्डर अर्थात् विपद स्थलमा पुगेपछि घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचार सम्बन्धि सीप सिकाउने, बाढीपहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नी नियन्त्रण र वन डढेलो नियन्त्रणमा कसरी काम गर्ने, डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धार लगायतका विषयवस्तुमा सीप प्रदान गरिएको प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा बताए ।

१८ कार्य दिनको तालिम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा प्रदान गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वर डिसीले बताए । समुदायस्तरमा घट्ने विभिन्न विपद्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवन रक्षाका लागि पहिलो उपचार गर्न स्थानीय नागरिकलाई सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेर गन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक भारतीले बताए ।

सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा ५०० जना विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्दैछ । आगामी आर्थिक वर्षभित्र देशभर ३६ सय ७५ जना समुदाय विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रत्येक वडामा २५ जना विपद सूचक तयार गर्ने लक्ष्य छ ।

May be an image of 4 people and grassMay be an image of 5 people and text


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP