नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
RSG-2
गौरब गिरी
मंगलबार, असार ३१, २०८२ गौरब गिरी
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले तत्काल सदस्यता नवीकरण गर्न आफ्ना सदस्यहरुलाई ताकेता गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सोमबार बसेको वैठकले बाँके शाखामा आवद्ध सम्पूर्ण साधारण सदस्यहरूलाई वि.सं. २०८१ र २०८२ को सदस्यता नवीकरणका लागि यसअघि समय सिमासहित आग्रह गरिएकोमा उक्त समयावधि ग्रुजिसकेकोले अब तत्काल (अबिलम्ब) सदस्यता नवीकरण गर्न ताकेता गर्ने निर्णय गरेको हो ।

जिल्ला सचिव कृष्ण ओलीका अनुसार जिल्लाका विभिन्न स्थानमा पत्रकारिता र पत्रकारका नामममा पत्रकारिताको निष्ठा, मर्यादा, आचरण र आचारसंहिता विपरीतका केही क्रियाकलाप भइरहेको भन्ने उजुरी र गुनासो आइरहेकोप्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै स्वच्छ र जिम्मेवार पत्रकारिताका लागि सजग गराउने निर्णय गरिएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ बाँकेका शाखा उपाध्यक्ष (महिला) करुणा शाहको संयोजकत्वमा कार्यसमिति सदस्यहरू धना विष्ट केसी, सावित्रा विश्वकर्मा, रजनी कुमारी योगी, आशा परियार र निर्मला चौधरी सदस्य रहने गरी महिला विभाग गठन गर्ने निर्णय पनि गरिएको छ ।  

यस्तै बाँकेका हरेक पालिकाहरूमा आमसञ्चार नीति बनाउन सहजीकरण गर्ने शाखाको अभियानमा तत्परता र तदारुकता देखाई आगामी आर्थिक वर्षभित्र प्रक्रिया अगाडि बढाउने गरी वार्षिक नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता जनाएकोमा सबैप्रति आभार प्रकट गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाई र नेतृत्वमा यसै आर्थिक वर्षभित्र आमसञ्चार नीति बनाएकोमा कोहलपुर नगरपालिकालाई विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव ओलीले बताए । 

साथै शाखाको आग्रहमा जिल्लामै पहिलोपटक सञ्चार क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी सबै स्थानीय सरकारहरूले प्राथमिकताका साथ वार्षिक नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई समेटेकोमा धन्यवाद व्यक्त गर्ने निर्णय भएको छ । यसैगरी बाँके शाखाको नेपालगन्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनमा छिट्टै सुरुवात गर्ने गरी ‘डुडुवा सेमिनार हल’ निर्माण गर्न सहयोग गर्ने डुडुवा गाउँपालिका कार्यालय, कार्यालयको भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्ने लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास तथा विविध क्रियाकलापका लागि बजेट बिनियोजन गरेकोमा बाँके जिल्लाका सबै स्थानीय सरकारप्रति आभार प्रकट गर्ने निर्णय गरिएको सचिव ओलीले जानकारी दिए ।

May be an image of text


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP