Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • संस्थाको सम्पत्ति श्रीमतीको नाममा बनाई बैंकबाट डेढ करोड ऋण !
संस्थाको सम्पत्ति श्रीमतीको नाममा बनाई बैंकबाट डेढ करोड ऋण !
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १, २०८२ बागेश्वरी पोस्ट
संस्थाको सम्पत्ति श्रीमतीको नाममा बनाई बैंकबाट डेढ करोड ऋण !

नेपालगञ्ज । नेपालगञ्जमा रहेको गैरसरकारी संस्था शिक्षाका लागि सामाजिक जागरण (सेफ) नेपालको जग्गा पूर्व अध्यक्षले कब्जा गरेका छन् । पूर्व अध्यक्ष सुकलाल नेपालीले संस्थाको करोडौं मूल्य पर्ने जग्गा आफ्नी श्रीमती रिना बादीको नाममा पास गराएर सम्पत्ति हिनामिना गरेका हुन् । 

संस्थाले आज पत्रकार सम्मेलन गर्दै घटनाको बारेमा जानकारी गराएको हो । बादी समुदायको शिक्षा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्थालाई नै समाप्त पार्ने उद्देश्यले गरिएको यस्तो कार्यले समुदायलाई ठूलो क्षति पुग्ने वर्तमान समितिको बुझाई छ । साविकको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा चार कठ्ठा जमिन (घर समेत) श्रीमती रिनालाई २७ लाखमा बेचेको कागज बनाएर सुकलालले उक्त जग्गा बैंकमा राखेर एक करोड ५० लाख रुपैयाँ ऋण समेत लिएको खुलेको छ । संस्थाको जग्गा नै बेचेपछि वर्तमान कार्यसमिति तथा बादी समुदायका व्यक्तिहरु आक्रोशमा छन् । 

संस्थापक अध्यक्ष सुकलालले माइन्यूटमा आफैंले आफूलाई अख्तियारी दिएर श्रीमतीको नाममा जग्गा बेचेको देखिन्छ । संस्थाको जग्गा व्यक्तिलाई बिक्री गर्दा सम्बन्धित कार्यालयका कर्मचारीलाई पनि मिलाएको वर्तमान कार्यसमितिको आरोप रहेको छ । बादी समुदायकी अगुवा महिला मञ्जु नेपालीले संस्थाको करोडौं पर्ने जग्गा हिनामिना गरिएको घटनाले बेच्ने कार्यमा सहयोग गर्ने मालपोत, चार किल्ला प्रमाणित गर्ने वडा कार्यालय सबैको मिलोमतोको आशंका व्यक्त गरिन् । 

सुकलालले वि.सं. २०७५ सालमै संस्थाको जग्गा श्रीमतीको नाममा पास गरेर एनआइसी एसिया बैंकबाट एक करोड ५० लाख ऋण लिएको खुलेको हो । २०८१ असार १३ गते भएको भेलाले युवालाई अगाडि सार्ने भन्दै अभिषेक नेपालीलाई अध्यक्ष बनाएपछि सम्पत्तिको खोजबिन गर्दा घोटालाको घटना बाहिर आएको हो । ‘कम्तीमा चार करोडको सम्पत्ति छ । फिर्ताका लागि हामी मुद्दा लडिरहेका छौं । ढिलो चाँडो उक्त जग्गा संस्थाको नाममा आउँछ,' अध्यक्ष अभिशेषले भने- 'हाम्रो मुद्दा नटुंगिदै बैंकले लिलाम ग¥यो भने किन्ने मान्छेसँग पनि मुद्दा लड्नुपर्ने हुन्छ ।’ २०८१ असार १३ गते संस्थाका वर्तमान अध्यक्ष अभिशेष र रिनाका बीचमा साउन १५ गतेसम्ममा जग्गा फिर्ता गरिदिने सहमति भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति पनि पालना भएन । त्यसपछि संस्थापक अध्यक्ष सुकलाल र श्रीमती रिना फरार भएका छन् । 

२०८२ जेठ ४ गते बाँके जिल्ला अदालतले सुकलाल नेपालीलाई पक्राउ पूर्जी जारी गरेको छ । सात दिनमा पक्राउ नपरे ३५ दिने पक्राउ पुर्जी समेत गरी तदारुकताका साथ खोजतलास गर्दै निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । सेफको वर्तमान कार्यसमिति एक वर्षदेखि ‘सम्पति तथा अस्तित्व बचाऊ अभियान’ मा लागिरहेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP