नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा ट्राफिक प्रहरीद्वारा सवा ३ करोड राजश्व संकलन
बाँकेमा ट्राफिक प्रहरीद्वारा सवा ३ करोड राजश्व संकलन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ४, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा ट्राफिक प्रहरीद्वारा सवा ३ करोड राजश्व संकलन

नेपालगन्ज । आर्थिक वर्ष २०८१-०८२ मा ट्राफिक प्रहरी कार्यालय बाँकेले सवा ३ करोड रुपैयाँ बढीको राजश्व संकलन गरेको छ । गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५  सवारी साधनलाई कारबाही गरिएको हो ।  जस अन्तर्गत ४२ सय ८८ ट्रक- टिपर, ८४ सय ३९ वटा बस तथा मिनी बस, ६५ सय ५५ जिप, १४ हजार ५०२ मोटरसाइकल र १२ सय १८ वटा ट्याक्टरलाई कारबाही गरिएको छ ।

ट्रक -टिपरलाई गरिएको कारबाहीमा ४२ लाख ६२ हजार रुपैयाँ, बसतर्फ ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार र ट्याक्टरतर्फबाट ९ लाख ८४ हजार ५ सय रुपैयाँ र टेम्पो लगायतबाट १५ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरिएको पन्तले जानकारी दिए ।

यस्तै जिल्लाभरमा भएका ८ सय ५२ वटा सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५५ जना पुरुष, १० महिला, ४ बालक र एक बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक पन्तले दिएको जानकारी अनुसार १०२ जना पुरुष, २० महिला, १६ बालक र ४ बालिका गम्भीर घाइते हुँदा ४९७ जना पुरुष, १७६ महिला र ७० बालक तथा ४१ जना बालिका सामान्य घाइते भएका छन् ।

आ.व. ०८१-०८२ को अन्तिमसम्ममा चौपायातर्फ भएका ५७७ दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ७ चौपाया घाइते भएका छन् ।  त्यस अवधिमा सबैभन्दा बढी ४८५ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी निरीक्षक पन्तले बताए ।

ट्राफिक प्रहरीले एक वर्षको दौरानमा २५ सय ५५ पटक ट्राफिक सचेतना कार्यक्रम गरेकोमा २ लाख ३२ हजार १८७ जना सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिए ।

लाखौं सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा दिँदै गर्दा जिल्लाका विभिन्न  स्थानमा नागरिक सुनुवाई कार्यक्रम गरिएको थियो भने सवारी साधनको मेकानिकल जाँच लगायत चालक तथा सहचालकका लागि आँखा शिविर समेत गरिएको पन्तले बताए ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP