नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी, ७ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी, ७ जनाको मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ९, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी, ७ जनाको मृत्यु

नेपालगन्ज । एक महिनाको अवधिमा मदिरा सेवनमा (मापसे) देशभर २५० दुर्घटना भएका छन् । गत कात्तिक महिनाभरमा भएका दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने ३७५ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले दिएको तथ्यांक अनुसार लुम्बिनी प्रदेश सबैभन्दा धेरै दुर्घटना भएको छ, जहाँ १०३ दुर्घटना भएका छन् । जसमा ७ जनाले ज्यान गुमाएका छन् । लुम्बिनीमै १६८ जना घाइते भएका छन्, जो अन्य सबै प्रदेश भन्दा धेरै हो । 

उपत्यकामा ५७ दुर्घटना भएकोमा १ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । कोशी प्रदेशमा ४१ दुर्घटनासँगै १ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । मधेशमा २० दुर्घटना हुँदा १ जनाको मृत्यु र २८ घाइते भएका  छन् । बागमती प्रदेशमा १२ दुर्घटना दर्ता भएका छन्, जसमा १ जनाको मृत्यु र २२ घाइते भएका छन् ।

त्यसैगरी  गण्डकी प्रदेशमा ८ दुर्घटना भएता पनि मृत्यु शून्य रहेको र ६ जना घाइते भएका छन् । कर्णालीमा ६ दुर्घटना दर्ता भए पनि कुनै जन-हानी नभएको र १० जना घाइते रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुदूरपश्चिममा ७ दुर्घटना हुँदा मृत्यु शून्य रहेर ११ जना मात्र घाइते भएका छन् ।

मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम अत्यधिक बढाइरहेको प्रहरीको भनाई छ ।  सवारी चाप र मदिराको प्रयोग एकसाथ बढ्ने हुँदा जोखिम थप बढ्ने प्रहरीले जनाएको छ । मदिरा सेवनपछि सवारी नचलाउन सबै चालकलाई प्रहरीको कडा आग्रहसहित देशभर चेकजाँच थप कडा बनाइने बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP