नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २२, २०८२ बागेश्वरी पोस्ट
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार

बर्दिया । बर्दियाको राजापुरमा दाङ तुलसीपुर–५ का २८ वर्षीय निरज चौधरीको गोली प्रहारबाट हत्या भएको छ । राजापुर नगरपालिका–४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ मा काम गर्दै आएका चौधरीको हत्या भएको बर्दिया प्रहरी श्रोतले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि रेष्टुरेन्टका संचालक फरार छन् । फरार संचालक पनि दाङकै ३५ वर्षीय महावीर चौधरी रहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मृतक निरज र फरार संचालक एउटै कोठामा बस्ने ‘रुम पार्टनर’ रहेको खुलेको छ ।

निरजको दुवै कान मुनि प्वाल परेको जस्तो घाउ देखिएकोले उनलाई नजिकबाटै गोली प्रहार गरिएको आशंका गरिए पनि पोष्टमार्टम रिपोर्ट आइसकेको छैन । उनका बाबु–आमा भारतमा रोजगारीमा रहेकाले उनीहरू नेपाल आएपछि मात्र पोष्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । निरजको शव नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा राखिएको छ ।

सामान्य विवादपछि घटना भएकै रेष्टुरेन्ट संचालकले घाइते निरजलाई गुपचुप रूपमा दुई जनामार्फत उपचारका लागि नेपालगन्ज पठाएको र त्यसपछि आफैं फरार भएको प्रहरीको भनाइ छ । अस्पताल पु-याए लगत्तै चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए । त्यसपछि बाँके प्रहरीले बर्दिया प्रहरीले घटनाबारे जानकारी गराएको हो ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइरहेको छ भने मुख्य अभियुक्त फरार संचालकको खोजतलास जारी छ । प्रारम्भिक अनुसन्धानमा निरजलाई विदेश पठाइदिने भन्दै संचालकले पैसा लिएको र रकम फिर्ता माग्दा दुवैबीच विवाद भई गोली प्रहार गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

संचालकले सु.प.प्र. ०१०० प ४९१३ नम्बरको मोटरसाइकल लिएर फरार रहेको र उनको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP