नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २५, २०८२ बागेश्वरी पोस्ट
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ मा भएको गोलीकाण्डका मुख्य आरोपी महावीर चौधरीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)  डेनी स्वारको कमाण्डमा गएको ४ जना र इलाका प्रहरी कार्यालय राजापुरका इन्स्पेक्टरको टोलीले गोप्य सूचनाका आधारमा महावीरलाई कैलालीको कैलारी गाउँपालिका–१ मझरा गाउँमा लुकेर बसेको अवस्थामा आज बिहान ३ बजे नियन्त्रणमा लिएको हो ।

तुलसीपुर-६ का ५१ वर्षीय महावीरले मंसिर २० गते बिहान आफ्नै होटलमा दाङको तुलसीपुर-६ कै २८ वर्षीय निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका थिए । मृतक निरज र महावीर नाताका आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानले महावीरले निरजलाई ‘तल्लो बाटो’ प्रयोग गरी अमेरिका पठाइदिने भन्दै विगतमा लाखौँ रुपैयाँ असुलेको र सोही रकम फिर्ता माग्दा विवाद चर्किएपछि उनले गोली प्रहार गरेको पुष्टि गरेको छ । घटनास्थलबाट प्रहरीले पेस्तोलको गोलीको खोका, महावीरको पासपोर्ट तथा भिजा समेत बरामद गरेको थियो । हत्यामा प्रयोग भएको पेस्तोलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

गोली प्रहारपछि निरज भुइँमा ढले पनि महावीरले नजिकको बर्दिया जिल्ला अस्पतालमा नपुर्‍याई बाँकेको नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल पठाएका थिए । अस्पताल पुगेपछि चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए । निरजको मृत्यु पुष्टि भएपछि महावीर घटनास्थलबाट फरार भएका थिए ।

यस घटनामा महावीरकी साली रामकुमारी थारु, उनका श्रीमान बुद्धि थारु तथा २२ वर्षीय छोरा राहुल थारुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको हो । घटनास्थलको प्रमाण मेटाउने, सरसफाई गर्ने लगायत क्रियाकलापमा उनीहरूको संलग्नता रहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रवक्ता प्रकाशसिंह कार्कीले बताएका छन् ।

हत्याकाण्डसँग राजनीतिक परिवारको नाता पनि जोडिएको देखिएको छ । महावीर लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्ली बहादुर चौधरीका सहोदर साइँला भाई हुन् । मृतक निरज समेत महावीरकै दाजु डिल्लीबहादुर चौधरीको राजापुरस्थित पोल्ट्री फार्म हेर्ने कामका लागि त्यही क्षेत्रमा बस्दै आएका थिए ।

महावीर भारत भाग्न सक्ने आशंकामा बर्दिया प्रहरीले बाँके, कैलाली प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) सहित भारतीय प्रहरीसँगसमेत समन्वय गरेर सीमा नाकामा कडा निगरानी बढाएको थियो । कडाईका कारण भाग्न नसकेका महावीर अन्ततः कैलालीमा लुकेको अवस्थामा वरिष्ठ सई डेनीको टोलीले पक्राउ गर्दै उनको सीमापार भाग्ने योजनालाई विफल पार्न सफल भएको हो ।

पक्राउ परेका महावीरलाई प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय राजापुरक जिम्मा लगाइएको छ । घटनासम्बन्धी थप विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ, घाँटी रेटेर गरेका थिए हत्या
४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ, घाँटी रेटेर गरेका थिए हत्या
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP