नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • 'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २९, २०८२ बागेश्वरी पोस्ट
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'

बाँके । बाढीले उर्लिएको नदीको बीच भाग, इनारको अँध्यारो गहिराइ, दुर्घटनाले क्षतविक्षत सडक वा आगलागीले आक्रान्त बस्ती-यस्ता हरेक जोखिमपूर्ण क्षणमा सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हे.क्वा. शमशेरगञ्ज बाँके मौन रूपमा तर दृढ भएर उभिएको देखिन्छ । जब अरू पछि हट्छन्, त्यही बेला यो गण अघि बढ्छ । विपद् आउनु अघि तयारीदेखि विपद्का बेला प्रतिकार्य र त्यसपछिको पुनःस्थापनासम्म यसको भूमिका निरन्तर सक्रिय छ ।

सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारतीको कमाण्डमा राप्तीसोनारी गाउँपालिका–८ मा अवस्थित यस गणले नियमित शान्ति सुरक्षासँगै विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको गणले जानकारी दिएको छ । वि.सं. २०५७ चैत २३ गते बागेश्वरी गणका रूपमा स्थापना भएको यो इकाइले तत्कालीन विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय योगदान दिएको थियो । नेपाल सरकारको निर्णय अनुसार २०७७ असार २९ गतेदेखि रिजर्भ गणमा रूपान्तरण भएपछि यसको जिम्मेवारी अझ फराकिलो र चुनौतीपूर्ण बनेको सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ  गणले जनाएको छ ।

अहिले यस गणमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा अत्याधुनिक उद्धार उपकरण र सामग्रीसहितको विशिष्टीकृत विपद् व्यवस्थापन टोली परिचालित छ । २०६९ असार १७ गतेदेखि सक्रिय यो टोलीमा ११ जना दक्ष गोताखोरसहित जलउत्पन्न प्रकोप उद्धार, भिर तथा खोँचमा डोरीद्वारा उद्धार, आगो नियन्त्रण, प्राथमिक उपचार, भत्केका संरचनामा खोज तथा उद्धार, सडक दुर्घटना र शव व्यवस्थापनमा तालिम प्राप्त जनशक्ति रहेको गणले जानकारी दिएको छ । पूर्व तयारी, प्रतिकार्य र विपद् पश्चातका कामलाई एउटै शृंखलामा जोडेर अघि बढाइएको छ ।

कालीकोटको कर्णाली नदीमा जेसीबी खस्दा बेपत्ता भएका दुई जनाको शव निकालिएको घटना होस् वा पाल्पाको कालिगण्डकी, बाँके, बर्दिया, रुपन्देही र दाङका नदी, तालतलैया, बाँध तथा इनारमा डुबेर हराएका नागरिकको खोजी-यो गणको गोताखोर टोलीले बारम्बार जोखिम मोलेर जिम्मेवारी पूरा गर्दै आएको गणले जनाएको छ । पछिल्लो उदाहरण २०८२ मंसिर २३ गते बर्दियाको मधुवन नगरपालिका–१ पथ्थरबोझी हो, जहाँ गेरुवा नदीमा डुबेर बेपत्ता भएका १२ वर्षीय बसन्त रानाभाटको शव निकालेर परिवारलाई बुझाइएको सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणले जानकारी दिएको छ ।

गोताखोर बन्ने बाटो सहज छैन । २०६९ साल बैशाखमा सशस्त्र प्रहरीका २५ जनाले पहिलो पटक बंगलादेशमा गोताखोर तालिम लिएपछि नेपालमै दक्ष जनशक्ति उत्पादनको यात्रा सुरु भयो । २०७६ सालदेखि सशस्त्र प्रहरी बल नेपालले आफ्नै संरचनामा गोताखोर तालिम सञ्चालन गर्दै आएको छ र सोही तालिम प्राप्त गोताखोरहरू अहिले नं. ४२ रिजर्भ गणमा रहेर विपद्का सबैभन्दा कठिन मोर्चामा खटिँदै आएका छन् । त्रिशूली, सप्तकोशी, फेवाताल र कुलेखानीमा गरिएको कठोर अभ्यासले उनीहरूलाई उच्च जोखिम सामना गर्न सक्षम बनाएको गणको भनाइ छ ।

सशस्त्र प्रहरी उपरीक्षक भारती भन्छन् -"उद्धार कार्य आफैं उद्धारकका लागि ज्यान जोखिममा पार्ने जिम्मेवारी हो । तर पनि कर्तव्य, अनुशासन र जनताको सेवाभावले प्रेरित यी सुरक्षाकर्मीहरू कहिल्यै पछि हटेका छैनन् । गणका अनुसार हालसम्म ४१ वटा सडक दुर्घटनामा खटिएर ८३ जना घाइतेको उद्धार र १७ वटा शव निकालिएको छ । जल उत्पन्न प्रकोपमा १७ जनाको जीवित उद्धार र २३ वटा शव फेला पारिएको छ । आगलागी, बाढी, डुबान, कटान, इनार दुर्घटना, भूकम्प र चट्याङ जस्ता विभिन्न विपद्मा खटिँदा कुल ७१ जना घाइतेको उद्धार र ४० वटा शव सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको हो ।"

विपद् व्यवस्थापन केवल उद्धारमा सीमित नहुने बुझाइका साथ यस गणले पूर्व तयारीमा विशेष जोड दिएको छ । विपद् सूचना, परिचालन र उद्धारमा समन्वय गर्न जिम्मेवारी क्षेत्रका प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक समूह गठन गरिएको गणले जनाएको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पाठ्यक्रम अनुसार १८ कार्य दिनका दुई चरणको तालिम सञ्चालन गरी यसै आर्थिक वर्षमा ४९ जना समुदाय विपद् स्वयंसेवक तयार पारिएको सशस्त्र प्रहरी उपरीक्षक भारतीले बताए ।

विद्यालयदेखि बस्तीस्तरसम्म भूकम्प, सडक दुर्घटना, शीतलहर, आगलागी, बाढी र पहिरो जस्ता सम्भावित विपद्बारे जनचेतनामूलक कक्षा, प्रदर्शन र अभ्यास सञ्चालन भइरहेका छन् । छोटो अवधिका खोँच तथा उद्धार तालिमदेखि लुम्बिनी प्रदेशस्तरीय विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्म गणको सक्रिय सहभागिता रहँदै आएको छ । बदलिँदो जलवायु र बढ्दो जोखिमका बीच सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हे.क्वा. शमशेरगञ्ज बाँके आफूलाई निरन्तर परिमार्जन र सुदृढ गर्दै विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य, पुनःस्थापना र पुनर्निर्माणमा अडिग प्रतिबद्धताका साथ उभिएको उपरीक्षक भारतीले स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP