नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
बागेश्वरी पोस्ट
बुधबार, पुस २, २०८२ बागेश्वरी पोस्ट
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको कार्तिक १ गतेदेखि हालसम्म सवारी नियम उल्लङ्घनविरुद्ध कडाई गर्दै व्यापक कारबाही गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि ३९ सय ६६ वटा कारबाही गर्दा ३३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सोही अवधिमा जिल्लाभर २२० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ८ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । साथै दुर्घटनामा १९ जना गम्भीर घाइते र ३३९ जना सामान्य घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोगको उद्देश्यले ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानमा ३४५ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ३६ हजार ४५५ जना लाभान्वित भएका छन् ।

यस अवधिमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न नयाँ तथा सुधारात्मक कामहरू पनि गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । आफैंले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरेका ५८ वटा ईभी गाडी कारबाहीमा परेका छन् भने नम्बर प्लेट परिवर्तन गरी सञ्चालनमा रहेका १७ वटा ईभी गाडी यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके ट्राफिक प्रहरीका अनुसार चर्को आवाज गरी ध्वनि प्रदूषण फैलाउने ४६ वटा मोटरसाइकललाई कारबाही गरिएको छ । साथै ६४ वटा सार्वजनिक यात्रुबहाक सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ । अस्पष्ट नम्बर प्लेट भएका १२६ वटा सवारी साधनमा पुनः नम्बर लेख्न लगाइएको हो ।

त्यसैगरी, आफैंले सिट थप गरी सञ्चालन गरिएका ३०० वटा सार्वजनिक सवारी साधनका ४६७ वटा सिट तथा मुडा हटाइएको छ । मानिस झुन्ड्याउन प्रयोग हुने गरी बनाइएका ६४ वटा म्याजिक भ्यानका फलामका डण्डी काटिएको छ । ओभरलोड बोकेका १३ वटा सवारी साधन नियन्त्रणमा लिएर पल्टी गराइएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । साथै विभिन्न स्थानमा १४ वटा ट्राफिक सचेतनामूलक बोर्ड राखिएको छ । रातिको समयमा सवारी साधन देखिने बनाउन ११३२ वटा साइकल तथा अन्य सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ ।

मंसिर २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम समेत सञ्चालन गरिएको थियो । साथै चोरी भएको लु.प्र.०३–००१ प ३४१५ नम्बरको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, अवैध रूपमा सञ्चालनमा रहेका १८० वटा ई–रिक्सा नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ट्राफिक प्रहरीले आगामी दिनमा पनि सवारी नियमको कडाईका साथ कार्यान्वयन गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा निरन्तर काम गर्ने जनाएको हो ।


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP