नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
बागेश्वरी पोस्ट
आइतबार, पुस १३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी

नेपालगञ्ज । बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा फेरि चोरीका घटना बढ्न थालेका छन् । केही महिना अघि व्यापकरुपमा चोरीका घटना हुने गरेको थियो । प्रहरी सक्रियतापछि चोरीका घटनामा कमी आए पनि चिसोको मौका छोपेर पछिल्लो केही दिन यता फेरि चोरीका घटना बढ्न थालेका छन् । विशेषतः चोरहरुले पसलहरुमा चोरी गर्न थालेका छन् ।

चोरीको पछिल्लो घटनामा गएराति नेपालगञ्ज वडा नम्बर १३ बुलबुलिया शान्तिनगरस्थित दुई पसलमा एकै समयमा चोरी भएको छ । सो वडामा रहेको नीलसागर आश्रमको ठिक अगाडिको सरिया, सिमेन्ट र पेन्ट पसल, रक्सी पसलमा चोरी भएको छ । चोरहरुले उक्त पसलहरुवाट नगद तथा जिन्सी सामानहरु चोरेर लगेका छन् । आज बिहान आठ बजे पसल खोल्ने क्रममा सटर तोडिएको देखिएपछि चोरी भएको थाहा भएको थियो । तत्काल प्रहरीलाई खबर गर्दा ढिलो गरी डेढ घण्टापछि मात्र प्रहरी पुगेकोमा स्थानीयहरुले गुनासो पोखेका छन् ।

यो वडाको यस क्षेत्रमा पटक-पटक चोरीका घटना घटिरहेको अवस्थामा समेत प्रहरीको उपस्थिति यहाँ शून्य प्रायः हुने गरेको स्थानीयहरु बताउँछन् । ‘प्रहरीले यो क्षेत्रलाई पूर्णरुपमा उपेक्षा गरेको मात्र हैन, यहाँ प्रहरीको छायाँ पनि परेको देखिँदैन’-एक स्थानीयको गुनासो थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले उक्त क्षेत्रलाई ‘शान्त’ क्षेत्रका रुपमा लिएकाले पनि प्रहरी गस्ती हुन नसकेको स्विकारे । उनको थप भनाई थियो,‘अर्कोतर्फ, प्रहरी संख्या प्रशस्त हुँदा समेत सवारी साधनको अभावमा प्रहरी गस्ती बढाउन नसकिएको हो ।'


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP