नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ३, २०८२ बागेश्वरी पोस्ट
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी इकाईहरूबाट पुस महिनामा सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमहरूको विवरण सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको सार्वजनिक विवरण अनुसार पुस महिनामा जिल्लामा कुल १३९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर प्रकृतिका ३३ वटा र सामान्य अपराधका १०२ वटा रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धि ५ वटा मुद्दा दर्ता हुँदा ४ जना पक्राउ परेका छन् भने आर्थिक अपराधका ३९ वटा घटना दर्ता भएका छन् । 

चालू मुद्दाका १०६ जना प्रतिवादी पक्राउ परेका छन् र सार्वजनिक चासोका १४ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ । यसैगरी सम्पत्ति शुद्धिकरणसम्बन्धि १ वटा मुद्दा दर्ता भएको छ । फैसला कार्यान्वयनतर्फ ३३ जना पक्राउ परेका छन्, जसबाट २० वर्ष ३ महिना १० दिन कैद र ३६ लाख १८ हजार ९७७ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल गरिएको बाँके प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ३८ वटा उजुरी दर्ता हुँदा २१ वटा फछ्र्योट भएका छन् भने १७ वटा बाँकी छन् । पीडित तथा पीडकको उमेर समूह विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका १५ जना र २६ देखि ३९ वर्ष उमेर समूहका २३ जना रहेका छन् भने हराएका व्यक्तिहरूमध्ये महिला २७, बालिका १४, बालक ८ र पुरुष ७ जना रहेका छन् भने फेला परेकामा महिला १४, बालिका १३, बालक ७ र पुरुष ४ जना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बाँके प्रहरीका अनुसार अझै फेला नपरेका व्यक्तिहरूमा महिला १३, बालिका ९, बालक १ र पुरुष ३ जना रहेका छन् ।

घरेलु हिंसासम्बन्धि ५६ वटा उजुरी दर्ता भएका छन् जसमा सबै झै–झगडासम्बन्धि रहेका छन् र तीमध्ये ३६ वटा मिलापत्र गराइएको वा अदालत पठाइएको छ । स्थानीय तहको आधारमा घरेलु हिंसाको तथ्याङ्क भने उपलब्ध नभएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठाडो उजुरीतर्फ प्रत्यक्ष प्रहरी कार्यालयमा ४०२ वटा उजुरी परेका छन् । तीमध्ये १५६ वटा फछ्र्योट भएका छन्, ३ वटा सम्बन्धित निकायमा पठाइएको छ भने २४३ वटा अझै फछ्र्योट हुन बाँकी रहेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ११२ वटा उजुरीमध्ये ३ वटा फछ्र्योट भएका छन् भने ९ वटा बाँकी रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी लागुऔषधविरुद्दको कारबाहीमा ब्राउन सुगर ४९० ग्राम ७३२ मिलिग्राम, नाइट्राजेपाम ७२८ ट्याब्लेट र गाँजा १३ ग्राम ९० मिलिग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । विशेष घटना अन्तर्गत  २०८२ पुस  १६ गते नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज बाँकेबाट खटिएको प्रहरी टोलीमाथि आक्रमण गरी फरार हुन खोज्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरी भारत उत्तर प्रदेश जिल्ला बहराइच रुपैडिया थाना बस्ने ३५ वर्षीय इलियास अहमदलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट २८० ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

यसैगरी, पुस महिनामा जिल्लामा ७ वटा आत्महत्याका घटना भएका छन् । ती मध्ये सबै घटना झुण्डिने विधि प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। मृतकहरुमा ३ जना पुरुष र ४ जना महिला रहेका छन् । जसमा २६ देखि ३५ वर्ष उमेर समूहका ५ जना पुरुष र ४६ देखि ६० वर्ष उमेर समूहका २ जना महिला रहेको बाँके प्रहरीले जनाएको छ ।

गत महिनामा भएको अर्को प्रमुख अपराधमा एक व्यक्तिको बैंक तथा वित्तीय संस्थाबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको, नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थामा रकमान्तर हुने गरेको, केवाइसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र कारोबार नमिलेको देखिएपछि निजविरुद्ध हुण्डीसम्बन्धि मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा ६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ९६३ महिला र १ हजार ३६५ पुरुष लाभान्वित भएका छन् । अनुचित लेनदेन नियन्त्रणतर्फ भने मिलापत्र वा फछ्र्योट भएको निवेदन तथा फिर्ता भएको रकम वा घरजग्गाको विवरण नभएको उल्लेख गरिएको प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एक महिनाको अवधिमा ८९९ पटक पिकेट, १ हजार ५६० पटक ग्रामीण गस्ती (एसआरपी), ३९० पटक चेकिङ र २ पटक दीर्घकालीन ग्रामीण गस्ती (एलआरपी) सञ्चालन गरिएको छ । बन्द, चक्काजाम, आन्दोलन, मेला पर्व तथा जात्राजस्ता विशेष परिस्थितिमा ३ वटा मेलामा ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । यस अवधिमा प्रहरी परिचालनका क्रममा कुनै पनि मानवीय वा भौतिक क्षति नभएको, प्रहरीतर्फ घाइते वा मृतक नभएको तथा अश्रुग्यास, गोलीगठ्ठा प्रयोग गर्नु नपरेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनातर्फ जिल्लामा १११ वटा दुर्घटना भएका छन् । जसमा १७७ वटा सवारी साधन संलग्न रहेका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका मुख्य कारणमा तीव्र गति ५९, चालकको लापरवाही १, चौपाया १ र यात्रु मापसे ७ वटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यसैगरी  ट्राफिक चेकिङका क्रममा २ हजार १५० कारबाही गरी १८ लाख २२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

अवैध हातहतियार तथा गोलीगठ्ठा बरामदसम्बन्धि कुनै घटना नभएको जनाइएको छ भने राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ २७ लाख ३७ हजार ११० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । सो क्रममा ६ जना व्यक्ति, १ वटा गाडी र १ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

त्यस्तै  विपद् व्यवस्थापनतर्फ १० वटा विपद् घटनामा ७५ जना प्रहरी परिचालन गरिएको छ र कुल क्षति २४ लाख २६ हजार ३०० रुपैयाँ रहेको छ । प्रहरीका अनुसार प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ १२ वटा सवारी साधन नियन्त्रण गरी ५१ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । अवैध पशुपंक्षी चोरी पैठारी नियन्त्रणतर्फ ३०८ केजी बोइलर कुखुरा बरामद गरी २ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने ९५ हजार २०० रुपैयाँ राजस्व संकलन गरी सम्बन्धित निकायमा बुझाइएको बाँके प्रहरीले जनाएको छ भने अवैध वन पैदावारतर्फ २५ केजी कटुकी जातको जडीबुटी बरामद गरिएको छ ।

समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत ५८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ हजार १५ पुरुष र ६२८ महिला सहभागी भएका छन्। विद्यालय केन्द्रित ६ वटा सचेतनामूलक कार्यक्रममा ३५० बालक र ३३५ बालिका सहभागी भएका छन् । नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि ५१ वटा नागरिकता र ३४ वटा अन्य मुचुल्का तयार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी कार्यालयको हटलाइन तथा डीएसपी सम्पर्क नम्बरमा १९८ वटा कल प्राप्त हुँदा नागरिक सहायता कक्षमा २३६ जना सेवाग्राहीले सेवा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

अन्य गतिविधितर्फ प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न मानसिक शान्ति तथा खुसीयाली जीवनका लागि मेडिटेसन कार्यक्रम सञ्चालन गरिएको छ ।  सार्वजनिक तथा नागरिक सुनुवाइ कार्यक्रम १ पटक बाँके जिल्ला भेरी प्राविधिक शिक्षालय नेपालगञ्जको सभाहलमा सम्पन्न हुँदा ४५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा समाजमा बढ्दो लागू औषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय र प्रहरीबीचको साझेदारीमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय प्रमुख रूपमा उठेको बाँके प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP