नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि
इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १३, २०८२ बागेश्वरी पोस्ट
इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार माघ १ गते बिहान करिब १०ः२४ बजे डुडुवा गाउँपालिका–३ बनकट्टी गाउँको प्रयोगमा नरहेको एक इनारमा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । इनारभित्र पहिचान खुल्न नसकेको र सडिगलिसकेको अवस्थामा महिलाको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक अंगुर जिसीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार  सशस्त्र प्रहरी बलको सहयोगमा शवलाई इनारबाट बाहिर निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय बाँके भन्छ, 'विभिन्न विधि र आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा मृतक डुडुवा गाउँपालिका–३ बनकट्टीकी २१ वर्षीया बसन्ती गोडिया भएको' पुष्टि भएको हो।  मृतकले लगाएको कपडा र गरगहना तथा परिवारजनबाट प्राप्त विवरणका आधारमा शवको सनाखत गरिएको प्रहरीले जानकारी दिएको छ । 

अनुसन्धानका क्रममा बसन्ती गोडिया केही समयदेखि भारतको नानपारास्थित मामाघरमा बसेको खुलेको भए पनि मामासँग सम्पर्क गर्दा त्यहाँ नगएको जानकारी प्राप्त भएपछि परिवारजनले कपडा र गरगहनाका आधारमा शव पहिचान गरेका हुन् । प्रहरीका अनुसार शव सडिगलिसकेको अवस्थामा फेला परेकाले गोडियाको हत्या करिब एक महिना अघि नै भएको देखिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पोष्टमार्टम रिपोर्टमा घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको उल्लेख छ, जसबाट उनको हत्या भएको पुष्टि भएको छ । अनुसन्धानका क्रममा मृतकले मोबाइल फोन प्रयोग गर्ने गरे पनि सिम प्रयोग नगरेको परिवारले बताएका थिए । तर, प्रविधिको विश्लेषणबाट मृतकले सिम प्रयोग गरेको तथ्य खुल्न आएको छ । अनुसन्धान अनुसार गोडिया पुष १ गते मंगलबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन् र त्यसयता परिवारसँग सम्पर्कमा नआएकी देखिएको छ ।

प्रहरीका अनुसार गाउँ, घर, छिमेकी तथा प्रविधिको सहयोगमा गरिएको थप अनुसन्धानबाट मृतक बसन्तीको आफ्नै छिमेकी युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको छ । सोही प्रेम सम्बन्धमा विवाद र खटपट भएपछि योजनाबद्ध रूपमा हत्या गरिएको शंकास्पद व्यक्तिले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनास्थलको अवस्था, शवको अवस्था, पोष्टमार्टम रिपोर्ट, शंकित व्यक्तिको बयान तथा क्राइम सिन रिकन्स्ट्रक्सनका आधारमा हत्या अभियोग पुष्टि भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा डुडुवा गाउँपालिका–३ बनकट्टी निवासी २५ वर्षीय राकेश वर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनी अविवाहित हुन् भने उनका बुवा बिन्देश्वरी कुमी हुन् । पेशाले कृषक रहेका वर्मामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धि कसुरमा माघ ११ गते पक्राउ गरी माघ १२ गते बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनासम्बन्धि थप अनुसन्धान जारी रहेको छ ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP