नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभर सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार माघ महिनामा अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा कायम, लागुऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, विपद् व्यवस्थापनदेखि समुदाय–केन्द्रित कार्यक्रमसम्म उल्लेखनीय कामहरू सम्पन्न भएका छन् ।

सवारी दुर्घटनातर्फ ६९ वटा दुर्घटनामा १०२ सवारी साधन संलग्न भएका छन् । ६ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । दुर्घटनाका प्रमुख कारण तीव्र गति (४७), चालक असक्षमता (१२), चालक मादक पदार्थ सेवन (९) र अन्य लापरवाही (१) रहेका छन् । ट्राफिक चेकिङबाट २,२०५ कारबाही गरी १८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । अवैध हातहतियारतर्फ १ कटुवा पेस्तोल बरामद गरिएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा २० लाख २९ हजार ५८४ रुपैयाँ बराबरका सामान बरामद गरी २ जनालाई नियन्त्रणमा लिइएको छ ।

माघ महिनामा कुल १४३ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये जघन्य तथा गम्भीर अपराध ६ तथा ५५ वटा, सामान्य अपराध ८२ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा (६ जना पक्राउ) र आर्थिक अपराधका ३४ वटा मुद्दा दर्ता भएका छन् । चालु मुद्दाका १३३ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका १३ वटा पेण्डिङ मुद्दा सफल अनुसन्धानमार्फत टुंग्याइएको छ। सम्पत्ति शुद्धिकरणसम्बन्धि मुद्दा भने दर्ता भएको छैन ।

फैसला कार्यान्वयनतर्फ ३५ जना फरार प्रतिबादी पक्राउ परेका छन् । उनीहरूबाट ८ वर्ष ४ महिना ७ दिन कैद असुल भएको छ भने २२ लाख ८४ हजार ३७२ रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धि २०६ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये १८० वटा फछ्र्योट भइसकेका छन् भने २६ वटा बाँकी छन् । उमेर समूह अनुसार पीडित तथा पीडक १८–२५ वर्षका ६८ जना र २६–३९ वर्षका १३८ जना रहेका छन् ।

हराएका तथा फेला परेका व्यक्तिहरूको तथ्यांक अनुसार २५ महिला, २१ बालिका, ६ बालक, २ ज्येष्ठ नागरिक पुरुष र ३ पुरुष हराएका थिए । तीमध्ये ११ महिला, १५ बालिका, १ बालक र २ ज्येष्ठ नागरिक पुरुष फेला परेका छन् भने १४ महिला, ६ बालिका, ५ बालक र ३ पुरुष अझै फेला पर्न बाँकी रहेका छन् । घरेलु हिंसासम्बन्धि ४० वटा उजुरी परेका छन्, जसमा झै–झगडा प्रमुख रहेको छ । २५ वटा मुद्दा मिलापत्र गराइएको वा अदालत पठाइएको छ । स्थानीय तह अनुसार विस्तृत विश्लेषण उपलब्ध छैन ।

ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ३५३ उजुरी परेका छन्, जसमध्ये १६७ फछ्र्योट भएका, १ सम्बन्धित निकायमा पठाइएको र १८६ बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ९९ उजुरीमध्ये ३ फछ्र्योट भएका र ९६ बाँकी रहेका छन् । लागुऔषध नियन्त्रणतर्फ २८ जना पक्राउ परेका छन् । ब्राउनसुगर १६३ ग्राम ४४० मिलिग्राम, ट्रामाडोल १,१३० क्याप्सुल, नाइट्राजेपाम ३८ ट्याब्लेट र गाँजा १८ ग्राम ८०० मिलिग्राम बरामद गरिएको छ । माघ महिनामा ५ वटा आत्महत्या घटना भएका छन् । झुण्डिएर ४ र विष सेवनबाट १ जनाले आत्महत्या गरेका छन् । मृतकमध्ये ४ पुरुष र १ महिला रहेका छन् । उमेर समूह अनुसार २६–३५ वर्षका ४ जना र ४६–६० वर्षका १ जना रहेका छन् ।

गत महिनाको प्रमुख घटनामा २०८२ माघ १ गते डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित इनारमा पहिचान नखुलेको शव फेला परेको घटनामा अनुसन्धानका क्रममा स्थानीय राजेश बर्मा संलग्न रहेको प्रारम्भिक निष्कर्षसहित उनलाई माघ ११ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा २९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट ४२३ महिला र ७०० पुरुष लाभान्वित भएका छन् । अनुचित लेनदेनसम्बन्धि १ मुद्दा दर्ता भएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP