नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ८, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा ९३९ जना अभियुक्त पक्राउ गरेको छ । २०८२/०८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कूल १ हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार २७० जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको छ भने ३ करोड ३५ लाख ३४ हजार ४९८ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।

अवैध भन्सार छलि नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले १ करोड ९५ लाख ६० हजार ४९३ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यस क्रममा ४९ जना पक्राउ परेका छन् भने २ वटा गाडी, २१ मोटरसाइकल र २ वटा इ–रिक्सा बरामद गरिएको छ । ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै १ करोड २७ लाख १९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै ६ लाख २५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ६ महिनामा २१२ जना पक्राउ परेका छन् । बरामद लागुऔषधतर्फ १ किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउनसुगर, ४ ग्राम चरेस, ५ किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, २७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४१७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । पक्राउ पर्नेमा १९१ नेपाली पुरुष, ९ महिला र १२ भारतीय नागरिक रहेका छन् । यसैगरी ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ भने बाँकीको खोजतलास जारी रहेको जनाएको छ ।

यसैबीच ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ । गत कात्तिक ६ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको डीएसपी पातलीले जानकारी दिए । 

यस्तै, मंसिर ३ गते नेपालगञ्ज–१३ मा खुकुरी प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाउने घटनामा संलग्न नबिन सुनारलाई मंसिर ७ गते पक्राउ गरिएको छ । सोही प्रकृतिको अर्को घटनामा २०८१ चैत १५ गते राप्तीसोनारी गाउँपालिका–२ मा भएको खुकुरी प्रहार घटनामा संलग्न एक जनालाई मंसिर २ गते नेपालगञ्ज–१२ बाट नियन्त्रणमा लिई अदालतमा पेश गरिएको डीएसपी पातलीले बताए ।

यसैगरी पुस १७ गते डुडुवा गाउँपालिका–४ मा नाबालिकामाथि जबर्जस्ती करणी गर्ने अभियुक्त सद्दाम खानलाई पक्राउ गरी अनुसन्धानपछि पुर्पक्षका लागि कारागार पठाइएको छ भने २०८० चैत १७ गते नेपालगञ्ज–२१ गंगारामपुरवा क्षेत्रबाट हराएका इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्या प्रकरणमा संलग्न फरार अभियुक्त अफजल पठानलाई फागुन ५ गते पक्राउ गरिएको छ । उक्त घटनामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । पक्राउ परेका पठान हाल पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित इनारमा फेला परेको बेवारिसे शवको पहिचान गरी हत्या प्रकरणमा संलग्न २५ वर्षीय राकेश वर्मालाई पनि प्रहरीले पक्राउ गरी कारागार पठाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार अभियुक्त पक्राउ, जघन्य अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण तथा हराएका व्यक्तिको खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । बाँकेमा अहिले प्रहरी उपरीक्षक अंगुर जिसी प्रमुख छन् । उनी असोज ७ गतेदेखि प्रमुखको भूमिकामा छन् ।


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP