नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १६, २०८२ बागेश्वरी पोस्ट
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि

नेपालगञ्ज । बाँकेको खजुरामा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लवको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको हो ।

चैत ३० गतेबाट सञ्चालन हुने गोल्ड कपको तयारी तीब्र पारिएको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लवले जनाएको छ । गोल्ड कपको तयारी सम्बन्धमा आज पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्ड कपमा २ वटा विदेशी टिमसहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको क्लवका अध्यक्ष बालाराम खत्रीले बताए । उनका अनुसार गोल्ड कपमा संकटा क्लव काठमाडौं, एपीएफ क्लव, चर्च ब्वाईज क्लव काठमाडौं, नाइजेरियन जोन क्लव, नाइजेरिया, लखनउ साहारा क्लव, भारत, गोरखा ब्वाईज स्पोर्ट्स क्लव, बुटवल, कांक्रेबिहार स्पोर्ट्स क्लव सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्ट्स क्लवको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ४ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । अध्यक्ष खत्रीले गोल्ड कप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । खजुरा गाउँपालिकाबाट १७ लाख, अमेरिका बस्दै आउनुभएका डी-गाँउका स्थानीय लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफसीका संचालक अंकित थापाबाट ७ लाख श्रोत सुनिश्चित भएको र बाँकि आयोजकको आन्तरिक श्रोतबाट जुटाइने अध्यक्ष खत्रीले बताए ।

गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताए । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देश विदेशका खेलाडीहरुलाई बर्दियाको ठाकुरद्वारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए । प्रतियोगिता खजुरास्थित मिनी रङ्गशालाको फुटबल ग्राउण्डमा सञ्चालन हुनेछ ।


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP