नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २३, २०८३ बागेश्वरी पोस्ट
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
AI sketch image

नेपालगञ्ज । सामान्य विवादले उग्र रूप लिँदा बाँकेमा एक युवकको ज्यान गएको छ । कैलालीबाट मध्यरातमै साथीहरू बोलाएर गरिएको आक्रमणमा खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको हत्या भएको खुलेको छ ।मंगलबार बिहान करिब ५ बजेतिर भएको आक्रमणमा गम्भीर घाइते भएका ठकुरीलाई बिहान ६ बजे नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार ठकुरी आफ्ना साथी नेपालगञ्ज–१२ बेलासपुरका प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रमपछि सुत्ने ठाउँ अभाव भएपछि ठकुरीसहित सबै साथीहरु नजिकैका आफन्त दीपेन्द्र रोकायाको घरमा बसेका थिए । सोही घरमा बसेर रमाइलो गर्ने क्रममा बिहान करिब २ बजेतिर दीपेन्द्रराज गिरी र ठकुरीबीच सामान्य विषयमा विवाद भएको थियो । उक्त विवादपछि गिरी बाहिर निस्केर आफ्ना साथीहरूलाई कैलालीको लम्कीचुहाबाट नेपालगञ्ज बोलाएका थिए ।

गिरीको फोनपछि २० वर्षीय बिबिएस कुँवर, १८ वर्षीय सुशिल खत्री र २० वर्षीय खकेन्द्र देवकोटा दुई मोटरसाइकलमा रातारात नेपालगञ्ज आइपुगे । बिहान करिब ५ बजेतिर आइपुगेका उनीहरूले गिरीसँग मिलेर सुतिरहेको अवस्थामा ठकुरीमाथि चक्कु र बियरका बोतल प्रयोग गरी आक्रमण गरेका थिए । ज्यान जोगाउन भाग्ने क्रममा ठकुरीलाई करिब सय मिटरसम्म लखेट्दै कुटपिट गरिएको र अन्ततः उनी बाटोमै ढलेपछि पनि आक्रमण जारी राखिएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका अभियुक्तहरूलाई प्रहरीले सिसिटिभी फुटेजको आधारमा खोजी गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनीबाट मंगलबार साँझ पक्राउ गरेको हो । यस घटनामा संलग्नताको आरोपमा कालिकोटका १८ वर्षीय सन्तोष संज्याल र सुर्खेतका २० वर्षीय रूपेश थापा पनि पक्राउ परेका छन् । उनीहरू पनि ब्रतबन्धमा सहभागी भएका थिए । उनीहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा जुम्लाका २० वर्षीय योगेन्द्र कामी घाइते भएका थिए । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।

घटनास्थलबाट प्रहरीले चक्कु र बियरका फुटेका बोतलका टुक्रा बरामद गर्नुका साथै प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

May be an image of text


प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP