Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २, २०८३ बागेश्वरी पोस्ट
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ

बाँके । बाँकेको कोहलपुर र बैजनाथ क्षेत्रमा दुई दिनको अन्तरालमा ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जेठ ३१ गते बैजनाथ गाउँपालिका–३ सुतैयामा चेकजाँचका क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–१ घर भई हाल बैजनाथ–२ बस्ने २६ वर्षीय समिर शाही र भारतको बहराइच जिल्ला रुपैडियाका ४३ वर्षीय गोपी निसारलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट शुद्ध तौल २८ ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाँके प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसैगरी, जेठ ३० गते कोहलपुर नगरपालिका–११ गोलपार्कबाट दैलेख नारायण नगरपालिका–१ पुरानो बजारकी ३३ वर्षीया मनकुमारी खड्का पक्राउ परेकी छन् । उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

उता, जेठ ३१ गते नै कोहलपुर नगरपालिका–६ शिव मन्दिर क्षेत्रमा चेकजाँचका क्रममा स्थानीय २८ वर्षीय कृष्णकुमार थारु र २२ वर्षीय प्रकाश वली पक्राउ परेका छन् । उनीहरूको साथबाट १ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

दुई दिनको अवधिमा कोहलपुर र बैजनाथ क्षेत्रमा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेसँगै लागूऔषध नियन्त्रण अभियानलाई प्रहरीले थप तीव्र बनाएको जनाएको छ । बाँके प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको र अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणका
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणका
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP